५ श्रावण २०८३, मंगलवार
,
Latest
कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्ध र बुद्धभूमि चिनाउन पोर्चुगलमा वृहत् शोभायात्रा



अ+ अ-

लिस्बन । विश्व शन्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६६औँ जन्मजयन्तीको अवसर पारेर युरोपेली मुलुक पोर्चुगलमा आज वृहत् शोभायात्राको आयोजना गरिएको छ । लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्यदूतको कार्यालयको संयोजन तथा यहाँ क्रियाशील नेपाली सङ्घ संस्थाको सक्रियतामा मङ्गलबार वृहत् शोभायात्राको आयोजना गरिएको छ ।

राजधानी लिस्बनमा हुने वृहत् शोभायात्रा, बुद्धको पूजाअर्चना तथा प्रसाद वितरणलगायतका सम्पूर्ण कार्यक्रमको तयारी पूरा भएको बुद्धजयन्ती मूल समारोह समितिका संयोजक एवं पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले राससलाई जानकारी दिनुभयो ।

बुद्ध र बुद्धभूमि नेपालको प्रचारप्रसार गर्ने तथा बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश संसारमा प्रवाह गर्ने उद्देश्यका साथ विशेष कार्यक्रमको आयोजना गरेर बुद्धजयन्ती मनाउन लागिएको महावाणिज्यदूत हमालले बताउनुभयो । उहाँका अनुसार मङ्गलबार मध्याह्न १२ बजे बुद्धको पूजाअर्चनाको कार्यक्रम तय गरिएको छ भने दिउँसो ३ः३० बजे लिस्बनको मुख्य पर्यटकीय केन्द्र रोसियोस्थित प्रासा दि कमर्सियोबाट वृहत् शोभायात्रा सुरु गरिने छ ।

बुद्धका तस्बिर, बुद्ध उपदेश लिखित प्लेकार्ड तथा ब्यानर, नेपालको राष्ट्रिय झण्डा, बुद्धका सन्देश, सांस्कृतिक वेषभूषासहितको शोभायात्राले राजधानीका मुख्य पर्यटकीय क्षेत्रको परिक्रमा गर्ने कार्यक्रम रहेको महावाणिज्यदूत हमालले बताउनुभयो । शोभायात्रामा पोर्चुगलमा रहेका नेपाली, बौद्ध धर्मगुरु स्वदेशी तथा विदेशी बौद्ध अनुयायीहरुको सहभागिता रहने बताइएको छ । शोभायात्रामा सहभागी हुन महावाणिज्यदूत हमालले पोर्चुगलबासी नेपालीहरुलाई विशेष आग्रह गर्नुभएको छ ।