१९ मंसिर २०८२, शुक्रबार
,
Latest
नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्ध र बुद्धभूमि चिनाउन पोर्चुगलमा वृहत् शोभायात्रा



अ+ अ-

लिस्बन । विश्व शन्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६६औँ जन्मजयन्तीको अवसर पारेर युरोपेली मुलुक पोर्चुगलमा आज वृहत् शोभायात्राको आयोजना गरिएको छ । लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्यदूतको कार्यालयको संयोजन तथा यहाँ क्रियाशील नेपाली सङ्घ संस्थाको सक्रियतामा मङ्गलबार वृहत् शोभायात्राको आयोजना गरिएको छ ।

राजधानी लिस्बनमा हुने वृहत् शोभायात्रा, बुद्धको पूजाअर्चना तथा प्रसाद वितरणलगायतका सम्पूर्ण कार्यक्रमको तयारी पूरा भएको बुद्धजयन्ती मूल समारोह समितिका संयोजक एवं पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले राससलाई जानकारी दिनुभयो ।

बुद्ध र बुद्धभूमि नेपालको प्रचारप्रसार गर्ने तथा बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश संसारमा प्रवाह गर्ने उद्देश्यका साथ विशेष कार्यक्रमको आयोजना गरेर बुद्धजयन्ती मनाउन लागिएको महावाणिज्यदूत हमालले बताउनुभयो । उहाँका अनुसार मङ्गलबार मध्याह्न १२ बजे बुद्धको पूजाअर्चनाको कार्यक्रम तय गरिएको छ भने दिउँसो ३ः३० बजे लिस्बनको मुख्य पर्यटकीय केन्द्र रोसियोस्थित प्रासा दि कमर्सियोबाट वृहत् शोभायात्रा सुरु गरिने छ ।

बुद्धका तस्बिर, बुद्ध उपदेश लिखित प्लेकार्ड तथा ब्यानर, नेपालको राष्ट्रिय झण्डा, बुद्धका सन्देश, सांस्कृतिक वेषभूषासहितको शोभायात्राले राजधानीका मुख्य पर्यटकीय क्षेत्रको परिक्रमा गर्ने कार्यक्रम रहेको महावाणिज्यदूत हमालले बताउनुभयो । शोभायात्रामा पोर्चुगलमा रहेका नेपाली, बौद्ध धर्मगुरु स्वदेशी तथा विदेशी बौद्ध अनुयायीहरुको सहभागिता रहने बताइएको छ । शोभायात्रामा सहभागी हुन महावाणिज्यदूत हमालले पोर्चुगलबासी नेपालीहरुलाई विशेष आग्रह गर्नुभएको छ ।