काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनास्थल थपिने भएको छ ।
पहिलो दिन तीन ठाउँबाट मतगणना शुरु गरिएकोमा सोमबार दिउँसोसम्म पाँच ठाउँमा गणनास्थल बनाइएको छ । मतगणना सुस्त भएपछि यसलाई पनि बढाएर सात र्पुयाउन लागिएको हो ।
मत गणनामा ढिलाइ भएको गुनासो आएपछि गणनास्थल थपेर सात पुर्याउन लागिएको बताइएको छ ।
काठमाडौंमा हाल वडा नम्बर ३, ४, ५, ३१ र ३२ को मतगणना जारी छ ।









