१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

४९ स्थानीय तहको प्रमुखका मत परिणाम : कांग्रेस पहिलो स्थानमा



अ+ अ-

काठमाडौँ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । । आज अपराह्न १ः३० बजेसम्म सार्वजनिक ११८ स्थानीय तहको मत परिणामअनुसार नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ ।

नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छन् । कांग्रेसले हालसम्म सात प्रमुख र ४२ अध्यक्षसहित ४९ पालिकाको नेतृत्व आफ्नो हातमा पारेको छ । कांग्रेस चार उपप्रमुख र ५० उपाध्यक्षमा विजयी भएको छ ।

यस्तै तीन प्रमुख र ३८ अध्यक्षसहित ४१ पालिकामा एमाले र एक प्रमुख र २२ अध्यक्षसहित २३ पालिकामा माओवादी केन्द्र विजयी भएको निर्वाचन आयोगले जनाएको छ । एमाले पाँच उपप्रमुख र ३१ उपाध्यक्ष तथा माओवादी दुई उपप्रमुख र १५ उपाध्यक्षमा विजयी भएको छ । नेकपा (एकीकृत समाजवादी) ले दुई अध्यक्ष र छ उपाध्यक्ष तथा अन्य दलले पनि दुई पालिका अध्यक्ष र चार उपाध्यक्ष जितेका छन् । यस्तै नेपाल मजदुर किसान पार्टीले एक प्रमुख र एक उपप्रमुख जितेको छ ।

यो समाचार तयार पार्दासम्म कांग्रेस एक हजार ७१ वडामा विजयी भएको छ । कांग्रेसका तर्फबाट एक हजार ६६ महिला सदस्य, एक हजार ३२ दलित महिला सदस्य र दुई हजार १२० वडा सदस्य विजयी भएका छन् । यस्तै एमाले ८२१ वडामा विजयी भएको छ । एमालेले ८८३ महिला सदस्य, ८६४ दलित महिला सदस्य र एक हजार ७७९ वडा सदस्य जितेको छ ।

यसैगरी माओवादी केन्द्रले ४५८ वडामा जित हासिल गरेको छ । माओवादीका तर्फबाट ४३० महिला सदस्य, ४५८ दलित महिला सदस्य र ८०४ वडा सदस्य निर्वाचित भएका छन् । एकीकृत समाजवादीले ६७ वडामा जित हासिल गरेको छ । अन्य दल र स्वतन्त्रका तर्फबाट १७८ जना वडाध्यक्षमा निर्वाचित भएका छन् ।