८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग

कैलारी गाउँपालिकाका तीन वडामा कांग्रेस विजयी

कैलारी गाउँपालिकाका तीन वडामा कांग्रेस विजयी
अ+ अ-

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकाको वडा १, २, ३ को वडाध्यक्ष पदमा नेपाली कांग्रेस विजयी भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा– १को अध्यक्षमा कांग्रेसका धोजपाल बोहरा एक हजार ११५मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का बालकृष्ण डगौराले ६६० मत पाउनुभएको छ ।

वडा २ को अध्यक्षमा कांग्रेसका विकास चौधरी एक हजार ४० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादीका दयाशङ्कर चौधरीले ८५६मत पाउनुभएको छ ।

यसैगरी वडा ३ को अध्यक्षमा कांग्रेसकै सन्तराम चौधरी एक हजार १२ मतसहित विजयी हुनुभएको छ । उहाँ उक्त वडाको ‘भलमन्सा’को जिम्मेवारीमा पनि हुनुहुन्छ । निकटतम प्रतिद्वन्द्वी माओवादीका कैलाश चौधरी ७७३ मत पाप्त गर्नुभएको छ ।

विसं २०७४ को स्थानीय तहको चुनावमा यी वडाहरूमा माओवादीका उम्मेदवार विजयी भएका थिए । मतगणनाको पछिल्लो परिणामअनुसार गाउँपालिकाको अध्यक्षमा कांग्रेसका राजसमझ चौधरी तीन हजार चार मतसहित अगाडि हुनु हुन्छ । उहाँलाई राप्रपाका होमबहादुर गुरुङले दुई हजार ६७८ मतसहित पछ्याइरहनुभएको छ ।

उपध्यक्षमा कांग्रेसकै भगवतीकुमारी चौधरी तीन हजार ५३ मतसहित अगाडि हुनुहुन्छ । उहाँलाई राप्रपाका दुई हजार २५३ सहित पछ्याइरहनुभएको छ । नौ वडा रहेको गाउँपालिकाका बाँकी वडामा मत गणना जारी छ ।

धनगढी उपमहानगरपालिका १ को अध्यक्षमा कांग्रेसका सन्तोष मुडभरी एक हजार २६९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार मुडभरीका निकटतम प्रतिद्वन्द्वी माओवादीका यदु सुनारले ५९६ मत प्राप्त गर्नुभएको छ । वडाका अन्य चार सदस्य पदमा समेत कांग्रेसका प्रत्यासी विजयी हुनुभएको छ । मुडभरी निवर्तमान वडाध्यक्षसमेत हुनुहुन्थ्यो ।

उपमहानगरपालिकाको २, ३, १८ र १९ वडाको मतगणना गए रातिदेखि जारी छ । उपमहानगरपालिकाको सात हजार ४७० मत गणना हुँदा प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले तीन हजार ३२९ मत प्राप्त गर्नुभएको छ । उहाँलाई कांग्रेसका प्रमुखका प्रत्यासी नृपबहादुर वडले एक हजार ८३६ मतसहित पछ्याइरहनुभएको छ ।

उपमहानगरको उपप्रमुखमा माओवादीका शान्ति अधिकारीले एक हजार ६२३ मत र एमालेकी कन्दकला रानाथारुले एक हजार३५३मत प्राप्त गर्नुभएको छ । उपमहानगरपालिकाको झण्डै ५० हजार मतको गणना हुन बाँकी छ ।

कैलालीको गोदावरी र लम्कीचुहा नगरपालिका, जानकी र कैलारी गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार मतगणनमा आगाडि छन् । नेकपा (एकीकृत समाजवादी)का प्रमुखका प्रत्यासी घोडाघोडी नगरपालिका र चुरे गाउँपालिकामा आगाडि छन् ।

माओवादीका गौरीगङ्गा नगरपालिकाको प्रमुखमा र एमाले बर्दगोरिया गाउँपालिकाको अध्यक्ष पदमा अगाडि रहेको छ । नागरिक उन्मुक्ति पार्टीको प्रमुखका प्रत्यासी जिल्लाको टीकापुर र भजनी नगरपालिकाका साथै जोशीपुर गाउँपालिमा मतगणनामा अगाडि छन् ।