८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

कमलबजार र आमाछोदिङमो प्रमुखमा नेपाली कांग्रेस विजयी

कमलबजार र आमाछोदिङमो प्रमुखमा नेपाली कांग्रेस विजयी
अ अ+ अ-

अछाम जिल्लाको कमलबजार नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका यज्ञप्रसाद ढकाल र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार शारदा विष्ट विजयी हुनु भएको छ ।

प्राप्त विवरण अनुसार, कांग्रेसका यज्ञप्रसाद ढकालले ४ हजार २२८ मतका साथ विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कटक साउदले ४ हजार ६५ मत प्राप्त गर्नु भएको थियो ।

उपप्रमुखमा नेकपा (एमाले)की शारदा विष्ट ४ हजार ५२८ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी गौरी विष्ट भण्डारीले ३ हजार ६४८ मत प्राप्त गर्नु भएको थियो ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा कमलबजार नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा कांग्रेस विजयी भएको थियो ।

आमाछोदिङमो अध्यक्षमा कांग्रेसका तामाङ निर्वाचित

रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बुचुङ तामाङ निर्वाचित हुनु भएको छ । उपाध्यक्ष पदमा पनि कांग्रेसकै चण्डिका तामाङ निर्वाचित हुनु भएको निर्वाचन कार्यालयले जनाएको छ ।

बुचुङ तामाङले १ हजार ४३० मत प्राप्त गरेर विजयी हुनु भएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका फुर्पुसिंगि तामाङले १ हजार ३४५ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

गाउँपालिकाको अध्यक्षमा बुचुङ दोस्रो पटक निर्वाचित हुनु भएको हो । उहाँ २०७४ सालको स्थानिय तह निर्वाचनमा नयाँ शक्ति नेपालबाट निर्वाचित हुनु भएको थियो ।

त्यस्तै उपाध्यक्ष पदमा विजयी चण्डिका तामाङले १ हजार ३८१ मत प्राप्त गर्नु भएको छ । उहाँको निकटम प्रतिद्वन्दी नेकपा (एमाले)की नविना तामाङले १ हजार २२३ मत प्राप्त गर्नु भएको छ ।