• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo

कमलबजार र आमाछोदिङमो प्रमुखमा नेपाली कांग्रेस विजयी



अछाम जिल्लाको कमलबजार नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका यज्ञप्रसाद ढकाल र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार शारदा विष्ट विजयी हुनु भएको छ ।

प्राप्त विवरण अनुसार, कांग्रेसका यज्ञप्रसाद ढकालले ४ हजार २२८ मतका साथ विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कटक साउदले ४ हजार ६५ मत प्राप्त गर्नु भएको थियो ।

उपप्रमुखमा नेकपा (एमाले)की शारदा विष्ट ४ हजार ५२८ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी गौरी विष्ट भण्डारीले ३ हजार ६४८ मत प्राप्त गर्नु भएको थियो ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा कमलबजार नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा कांग्रेस विजयी भएको थियो ।

आमाछोदिङमो अध्यक्षमा कांग्रेसका तामाङ निर्वाचित

रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बुचुङ तामाङ निर्वाचित हुनु भएको छ । उपाध्यक्ष पदमा पनि कांग्रेसकै चण्डिका तामाङ निर्वाचित हुनु भएको निर्वाचन कार्यालयले जनाएको छ ।

बुचुङ तामाङले १ हजार ४३० मत प्राप्त गरेर विजयी हुनु भएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका फुर्पुसिंगि तामाङले १ हजार ३४५ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

गाउँपालिकाको अध्यक्षमा बुचुङ दोस्रो पटक निर्वाचित हुनु भएको हो । उहाँ २०७४ सालको स्थानिय तह निर्वाचनमा नयाँ शक्ति नेपालबाट निर्वाचित हुनु भएको थियो ।

त्यस्तै उपाध्यक्ष पदमा विजयी चण्डिका तामाङले १ हजार ३८१ मत प्राप्त गर्नु भएको छ । उहाँको निकटम प्रतिद्वन्दी नेकपा (एमाले)की नविना तामाङले १ हजार २२३ मत प्राप्त गर्नु भएको छ ।