• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

बालेनको नाममा खसी बाजी !



बालेन्द्र शाह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन् ।

खोटाङका रमेश खड्का र विजय फुयाँलबीच खसी बाजी भएको हो । बालेनले जित्छ या हार्छ भन्नेमा दुई युवाले बाजी थापेका हुन् ।

बालेनले काठमाडौँको मेयर जिते रमेशले २८ केजीको खसी विजयलाई दिने र बालेन हारे विजयले २८ केजीको खसी बराबरको रकम रमेशलाई दिने सर्त राखिएको छ ।

उनीहरुले साक्षी किनारासमेत राखेर सर्तको कागजात समेत बनाएका छन् ।