९ भाद्र २०८३, मंगलवार
,
Latest
ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनको नाममा खसी बाजी !



बालेन्द्र शाह
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन् ।

खोटाङका रमेश खड्का र विजय फुयाँलबीच खसी बाजी भएको हो । बालेनले जित्छ या हार्छ भन्नेमा दुई युवाले बाजी थापेका हुन् ।

बालेनले काठमाडौँको मेयर जिते रमेशले २८ केजीको खसी विजयलाई दिने र बालेन हारे विजयले २८ केजीको खसी बराबरको रकम रमेशलाई दिने सर्त राखिएको छ ।

उनीहरुले साक्षी किनारासमेत राखेर सर्तको कागजात समेत बनाएका छन् ।