• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   नि:शुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित ★   कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै ★   नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित ★   दोदा बगरमा सागसब्जी : आकर्षक आम्दानी गर्दै पाँच सय किसान ★   अन्तर्राष्ट्रिय ट्राभल फेयर : नेपाल पर्यटन बोर्डलाई ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड ★   प्रतिनिधिसभा बैठक आज बस्दै, के छ कार्यसूची ? ★   सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै ★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल

कनकासुन्दरी–८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवारको प्यानलनै विजयी



काठमाडौँ । जुम्लाको कनकासुन्दरी गाउँपालिका–८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवारको प्यानलै विजयी भएको छ ।

वडाध्यक्षका उम्मेदवार धनबहादुर कामीको प्यानलै विजयी भएको हो । उनले २८८ मतसहित विजय हासिल गरेका हुन् । कामीसँग नेपाली कांग्रेसका उम्मेदवार कप्तानबहादुर शाही २२० मत ल्याएर पराजित भए ।

वडा सदस्यमा स्वतन्त्र उम्मेदवार गोल दमाई र कर्णजीत सार्की तथा महिला सदस्यमा काँग्रेसकी रामुदेवी काफ्लेले बाजी मारेका छन् । दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाखी कुलालले जित हासिल गरिन् ।

दलित समुदायले एकता गरेर स्वतन्त्र उम्मेदवारका रुपमा धनबहादुरलाई स्वतन्त्र उम्मेदवारका रुपमा उठाएका थिए । सो वडाको निर्वाचनमा तीन सदस्य र एक वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार उठाएका थिए ।

मुलुकमा संघीयता आए पनि दलितको मुक्ति नभएको भन्दै दलित मुक्तिका लागि दलितकै नेतृत्व आवश्यक ठानी दलितहरुको समूहले स्वतन्त्र उम्मेदवारी दिएको थियो । उनीहरुले कुनै पनि दलको टिकन नलिई दलित समूहबाटै स्वतन्त्र उम्मेदवारलाई उठाएका थिए ।