१९ मंसिर २०८२, शुक्रबार
,
Latest
नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण, ५ घण्टामा ५ कार्यक्रम



भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी (दाया) र नेपालका प्रधानमन्त्री शेर बहादुर देउवा । (फाइल तस्वीर)
अ+ अ-

काठमाडाैंः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमणका लागि आउँदै हुनुहुन्छ । बुद्ध जयन्तीको अवसर पारेर नेपाल आउन लाग्नुभएका मोदीको भ्रमण कार्यतालिकालाई दुबै मुलुकका अधिकारीहरुले अन्तिम रुप दिएका छन् ।

प्राप्त विवरण अनुसार, भारतको कुशीनगर विमानस्थलबाट हेलिकप्टर मार्फत नेपाल आउने भारतीय प्रधानमन्त्री मोदीले नेपालमा पाँच घण्टा व्यतित गर्नु हुनेछ । उहाँ बिहान पौने ११ बजे लुम्बिनी आइपुग्नु हुनेछ ।

सोमबार पौने ११ बजे उहाँ अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रको हेलिप्याडमा ओर्लनु हुनेछ । भारतीय प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री डा नारायण खड्काले भेट गर्नु हुनेछ ।

त्यसपछि उहाँ मायादेवी मन्दिर परिसरमा पूजापाठको निम्ति ११ बजे पुग्ने कार्यक्रम छ । त्यहाँ उहाँले आधा घण्टा बिताउनु हुनेछ ।

मायादेवी मन्दिरमा पूजापाठ गरेपछि उहाँ साढे ११ बजे भारतले निर्माण गरेको बौद्ध गुम्बामा प्रवेश गर्ने कार्यक्रम छ । त्यहाँ प्रधानमन्त्री मोदीले झण्डै ४० मिनेट बिताउनुहुने बताइएको छ । यहाँ प्रधानमन्त्री मोदीले सम्बोधन गर्नु हुनेछ ।

सवा १२ बजेतिर उहाँ र भारतीय टोली नजिकैको होटल पवन प्यालेसतर्फ प्रस्थान गर्नेछ । पवन प्यालेसमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षीको सम्मानमा दिवाभोज आयोजना गर्नु हुनेछ ।

त्यसमा झण्डै एक घण्टा बिताएपछि भारतीय प्रधानमन्त्रीले केहीबेर सोही होटलमा आराम गर्नु हुनेछ । त्यसपछि उहाँ साढे ३ बजे पुनः अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रको सभाहलमा आयोजना हुने अन्तिम कार्यक्रममा सरिक भएर हेलिकप्टरबाट स्वदेश फर्कनु हुनेछ ।

दुबै देशका प्रधानमन्त्री बीच औपचारिक वार्ता हुने भए पनि कुनै सम्झौता हुने वा नहुने प्रष्ट भइसकेको छैन ।