५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण, ५ घण्टामा ५ कार्यक्रम



भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी (दाया) र नेपालका प्रधानमन्त्री शेर बहादुर देउवा । (फाइल तस्वीर)
अ+ अ-

काठमाडाैंः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमणका लागि आउँदै हुनुहुन्छ । बुद्ध जयन्तीको अवसर पारेर नेपाल आउन लाग्नुभएका मोदीको भ्रमण कार्यतालिकालाई दुबै मुलुकका अधिकारीहरुले अन्तिम रुप दिएका छन् ।

प्राप्त विवरण अनुसार, भारतको कुशीनगर विमानस्थलबाट हेलिकप्टर मार्फत नेपाल आउने भारतीय प्रधानमन्त्री मोदीले नेपालमा पाँच घण्टा व्यतित गर्नु हुनेछ । उहाँ बिहान पौने ११ बजे लुम्बिनी आइपुग्नु हुनेछ ।

सोमबार पौने ११ बजे उहाँ अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रको हेलिप्याडमा ओर्लनु हुनेछ । भारतीय प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री डा नारायण खड्काले भेट गर्नु हुनेछ ।

त्यसपछि उहाँ मायादेवी मन्दिर परिसरमा पूजापाठको निम्ति ११ बजे पुग्ने कार्यक्रम छ । त्यहाँ उहाँले आधा घण्टा बिताउनु हुनेछ ।

मायादेवी मन्दिरमा पूजापाठ गरेपछि उहाँ साढे ११ बजे भारतले निर्माण गरेको बौद्ध गुम्बामा प्रवेश गर्ने कार्यक्रम छ । त्यहाँ प्रधानमन्त्री मोदीले झण्डै ४० मिनेट बिताउनुहुने बताइएको छ । यहाँ प्रधानमन्त्री मोदीले सम्बोधन गर्नु हुनेछ ।

सवा १२ बजेतिर उहाँ र भारतीय टोली नजिकैको होटल पवन प्यालेसतर्फ प्रस्थान गर्नेछ । पवन प्यालेसमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षीको सम्मानमा दिवाभोज आयोजना गर्नु हुनेछ ।

त्यसमा झण्डै एक घण्टा बिताएपछि भारतीय प्रधानमन्त्रीले केहीबेर सोही होटलमा आराम गर्नु हुनेछ । त्यसपछि उहाँ साढे ३ बजे पुनः अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रको सभाहलमा आयोजना हुने अन्तिम कार्यक्रममा सरिक भएर हेलिकप्टरबाट स्वदेश फर्कनु हुनेछ ।

दुबै देशका प्रधानमन्त्री बीच औपचारिक वार्ता हुने भए पनि कुनै सम्झौता हुने वा नहुने प्रष्ट भइसकेको छैन ।




भर्खरै