२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदुरपश्चिम प्रदेशमा कांग्रेस अगाडि, पछ्याउँदै एमाले र माओवादी केन्द्र



अ+ अ-

धनगढीः सुदुरपश्चिम प्रदेशमा रहेका ८८ वटा स्थानीय तहमा मतगणनाका प्रारम्भिक विवरणहरु प्राप्त भइरहेका छन् । यी मतपरिणामका प्रारम्भिक रुझानले यस प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा देखिएको छ भने नेकपा (माओवादी केन्द्र) ले दुबै दललाई पछ्याइरहेको छ ।

यस प्रदेशमा एक उपमहानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँ पालिका छन् ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाको बलियो पकड रहेको भनिएको यस प्रदेशमा चुनावी परिणामहरुका आधारमा हेर्दा पनि नेपाली कांग्रेस २८ स्थानीय तहमा प्रमुख वा अध्यक्षका पदमा अग्रता बनाइरहेको छ भने नेकपा एमालेले १६ स्थानमा अगाडि छ । त्यस्तै नेकपा माओवादी केन्द्रले १३ स्थानमा अग्रता कायम गरेको छ ।

तर एमालेबाट फुटेको नेकपा (एकीकृत समाजवादी) भने आशा गरे अनुरुप प्रदर्शन गर्न सकेको छैन । यहाँबाट साँझ ६ बजेसम्म एक उम्मेदवारले मात्र अग्रता बनाइरहेका छन् । अन्य उम्मेदवारले ५ स्थानमा अग्रता कायम गरेका छन् ।