१६ असार २०८३, मंगलवार
,
Latest
कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत येन ४० वर्षयताकै कमजोर, हस्तक्षेपको तयारीमा जापान कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध युरोपमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित नारायणी किनारदेखि माईतीघरसम्मः नागरिकता र लालपुर्जाको लागि सुस्ताको सङ्घर्ष (तस्बिरहरु) सम्पादक मिश्रलाई चार महिना कैद परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट देशभरका होटेलको खाद्य गुणस्तर अनुगमन गर्न ७७ वटै सीडीओलाई गृह मन्त्रालयको निर्देशन महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्रीलाई घाँसको माला !



अ+ अ-

त्यसो त जनताले लगाइदिएको त्यो माला नै हो । तर जनताले कर्णालीमा जे पाए त्यसैको माला लगाए । उनीहरुका अन्तरआत्माले त्यसलाई फूल नै देखे र उने । अनि आफ्ना मुख्यमन्त्रीलाई लगाइदिए । हुनत यो फूल नहुने मौसम भने होइन, किनभने अबको महिना दिनभित्रै पर्छ सायद फूलको पर्व तिहार । तर आज कर्णालीलमा जे उपलब्ध थियो, जनताले यसैलाई फूल ठाने । 

कहिलेकाहीँ त्यसो गर्न नचाहेको भएपनि सयोगले त्यस्तो पनि परिदिन्छ । आज पनि त्यस्तै भएको पनि हुनसक्छ कर्णाली प्रदेशका मुख्यममन्त्री महेन्द्र शाहीलाई । आज कर्णालीमा आयोजित एक कार्यत्रममा उनलाई ४० किलोको माला लगाइएको छ, घाँसको । 

यता मुख्यमन्त्री भने कर्णालीलाई सुनको टुक्रा हो भनेर भाषणा ठोक्दै थिए उता माला तयार थियो घाँसको । सुन फल्ने ठाउँमा फूल नफुल्ने त पक्कै होइन । तर एउटै व्यक्तिलाई ४०/४० किलोको फूल कहाँ पाउनु ? फूलको सत्यानास मात्र होइन कि अपमान पनि हुनसक्छ । किनभने फूल फुलेको खेर जानलाई होइन, श्रद्धापूर्वक चढ्नलाई चाहिँ हो । 

भनिन्छ, फूलको बास्ना डाँडावारि मान्छेको बास्ना डाँडापारि । किनभने मानिसले काम गरेपछि उसको कामको बास्ना डाँडापारिसम्म पुग्ने हो । सादय आज फूल नपाइएको पनि त्यही भएर हो कि ? किनभने डाँडापारि नै पुग्नेगरी मुख्यमन्त्रीले कर्णालीमा कामै गर्न नसकेर पो हो कि ? 

पक्कै हो । यसबाट सबै नेताले के शिक्षा लिउन् भने माला, त्यो पनि ४०÷४० किलोको लगाउनका लागि त काम पनि त्यस्तै गह्रौँ खालको गर्नुपरो नि । अनि पो चढ्छ फूल । कम्युनिजमका माध्यमबाट देशमा समाजवाद स्थापना गर्ने लक्ष्य बोकेर हिँडेका यी मुख्यमन्त्रीले अस्ती त्यतै एक स्वास्थ्य चौकी उद्घाटन गराउँदा धामीझाँक्री लगाएर गराए ।

गणतन्त्र अनि दैलादैलामा मुख्यमन्त्री यसरी आइपुग्दा पनि कर्णालीले धामी झाँक्री नै पाउने हो भने किन लडेको त यतिविधी ? अनि कर्णालीका जनताले कसको र किन आशा गर्ने ? उहिलेका महेन्द्र र अहिलेकामा फरक पर्दैन भने त व्यवस्थाको नामै फेरेर मात्र के गर्नु ? 

हो, कर्णालीले अहिले यही प्रश्न उठाएको छ । यसपालिलाई घाँसकै भए पनि माला त छ । तर जनताका कष्ट र पिर मर्काको चुली यसरी नै चुलिँदै जाने हो भने घाँसकै भए पनि ४० किलोको माला किन ? यो प्रश्न सधैँ गरिनै रहने छन् ।