६ श्रावण २०८३, बुधबार
,
Latest
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सौतेनी बहिनी बलात्कार गर्ने बझाङका युवकलाई भारतमा फाँसीको सजाय



अ+ अ-

काठमाडौं । आफ्नो सौतेनी बहिनीलाई बलात्कार गरेको भन्दै बझाङका एक युवकलाई भारतमा फाँसी (मृत्युदण्ड)को सजाय दिइएको छ ।

भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा आफ्नी चार वर्षीया सौतेनी बहिनीलाई बलात्कार गरेको आरोपमा ती युवकलाई भारतको अदालतले मृत्युदण्डको सजाय सुनाएको हो ।

चार वर्षीया सौतेनी बहिनीलाई बलात्कार गरेको आरोपमा भारतको पिथौरागढ प्रहरीले नेपालको बझाङ घर भई हाल पिथौरागढको जाजरदेवल बस्दै आएका ३१ वर्षीय युवकलाई त्यहाँको अदालतले फाँसीको सजाय सुनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

भारतीय पत्रिका अमर उजालाका अनुसार ती पुरुष ३ अप्रिल २०२१ मा पक्राउ परेका थिए । गाउँमा बुबाआमाको मृत्युपछि सौतेनी बहिनी दाइसँग पिथौरागढमा बस्दै आएको बताइएको छ । पिथौरागढको जाजरदेवल थानाका एसआई मेघा शर्माले घटनाको जाँच गरी अदालतमा आरोपपत्र दर्ता गरेका थिए ।

प्रमाण र बयानका आधारमा आरोप पुष्टि भएकाले पिथौरागढ जिल्ला न्यायधीश डा। ज्ञानेन्द्रकुमार शर्माको एकल इजलासले शुक्रबार आरोपीलाई फाँसी दिएर मृत्युदण्डको सजाय सुनाएको पत्रिकामा उल्लेख छ । उक्त सजाय भारतीय अपराध दण्ड संहिताको धारा ३७६ ए र बी अनुसार सुनाइएको जनाइएको छ । यो समाचार राजधानी दैनिकमा छ ।