२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सल्यानका सात स्थानीय तहको मतगणना जारी



अ+ अ-

सल्यानः जिल्लाका सात स्थानीय तहका मत गणना जारी छ । बाँकी तीन तहमा मतगणना सुरु गर्नेगरी तयारी भइरहेको छ । अहिलेसम्म शारदा नगरपालिका सहित दार्मा , सिद्धकुमाख, कुमाख, छत्रेश्वरी, त्रिवेणी र कपुरकोट गाउँपालिकामा मतगणना भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।

बाँकी बनगाड कुपिण्डे र बागचौर नगरपालिका र कालीमाटी गाउँपालिकामा मतगणना सुरु गर्नेगरी तयारी भइरहेको छ । हालसम्मको मतगणनाअनुसार नेपाली कांग्रेसले शारदा नगरपालिका सहित दार्मा र सिद्ध कुमाख र कुमाख गाउँपालिकामा अग्रता लिएको छ । एमालेले त्रिवेणी गाउँपालिाका, माओवादी केन्द्रले छत्रेश्वरी गाउँपालिका र समाजवादीले कपुरकोट गाउँपालिकामा प्रारम्भिक नतिजामा अग्रता लिएका छन् ।

जिल्लामा नेपाली कांग्रेसले एकल उम्मेदवारी दिएको छ भने माओवादी र समाजवादीको गठबन्धन रहेको छ । जिल्लामा एक लाख ५७ हजार १५७ मतदाता रहेकामा एक लाख आठ हजार ८१२ अर्थात् ६८ दशमलव ९९ प्रतिशत मत खसेको निर्वाचन कार्यालयका सूचना अधिकारी प्रवीन चन्दले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाभर शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको र केही स्थानीय तहमा मतपेटीका गणनास्थलसम्म ल्याउन ढिला भएकाले अहिले मतगणना सुरु गरिएको जानकारी दिनुभयो ।