७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर

फलामको बारले घेरियो भरतपुरको मतगणनास्थलमा

फलामको बारले घेरियो भरतपुरको मतगणनास्थलमा
अ+ अ-

चितवन । शुक्रबार हुने स्थानीय तह निर्वाचन सन्दर्भमा भरतपुर महानगरपालिकाको मतगणनास्थलमा फलामको तारजाली लगाइएको छ ।

चितवन उद्योग संघभित्र रहेको औद्योगिक प्रदर्शनी केन्द्रमा यसपटक व्यवस्था मिलाइएको मतगणना स्थलमा फलामे तारजाली लगाइएको निर्वाचन आयोगले जनाएको छ ।

नेकपा (एमाले) र पाँच दलीय सत्ता गठबन्धनको प्रतिष्ठाको विषय बनेको भरतपुर महानगरपालिकाको मतगणनास्थलमा अठवटा सिसी क्यामेरसमेत जोडिएको छ । आयोगले मतगणनास्थलामा चौबिसै घण्टा बिजुली र इन्टरनेटको सुविधा उपलब्ध गराइने बताएको छ ।

अघिल्लो पटक २०७४ सालको निर्वाचनमा भरतपुर कभर्ड हलमा मतगणना गरिएको थियो । यसपटक आयोगले प्रदर्शनी केन्द्रको ‘सी’ ब्लकमा मतगणना गर्ने ठाउँ बनाएको छ ।

विंस २०७४ को मतगणनामा तत्कालीन मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने पिसाब गर्न शौचालय गएको मौका छोपी मतपत्र च्यातिएपछि यसपटक आयोगले मतगणना गर्ने कर्मचारीले मात्रै शौचालय प्रयोग गर्ने गरी शौचालयको व्यवस्था गरेको छ । दलका प्रतिनिधिलाई भने छुट्टै शौचालयको व्यवस्था गरिएको छ ।

आयोगका अनुसार प्रदर्शनी केन्द्रको ‘सी’ ब्लकको उत्तरतर्फको प्यासेजमा मतपत्र ल्याउने र सोही प्यासेजको पछाडिपट्टि शौचालयको व्यवस्था गरिएको छ जहाँ मतगणना गर्ने कर्मचारीले मात्र शौच गर्नेछन् ।