• १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
  •   Unicode
Logo
Latest
★   सरकारको भनाइ एकातिर छ, गराइ अर्कोतिरः प्रमुख प्रतिपक्षी कांग्रेस ★   नीति तथा कार्यक्रम बजेटमा समावेश गर्नसके आशा जगाउन सक्ने आएको छः अध्यक्ष ढकाल ★   प्रतिनिधिसभा बैठकः प्रमुख प्रतिपक्षीको अवरोध जारी, जेठ ३ गतेसम्मलाई स्थगित ★   प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध ★   सन्दीपको मुद्दा आज पनि हेर्दाहेर्दैमा ★   काँग्रेसद्वारा राष्ट्रिय सभा बैठक अवरुद्ध ★   अदालती समय सकियो, सन्दीपको मुद्दामा भने बहस जारी ★   हुम्लाका तीन बस्ती अन्धकारमा ★   तीनकुने जग्गाको विवाद समाधान गर्न गृहमन्त्री लामिछानेको ध्यानाकर्षण ★   भगवतीले देवताको रक्षा गरेको खुसियालीमा चण्डेश्वरी जात्रा

फलामको बारले घेरियो भरतपुरको मतगणनास्थलमा



चितवन । शुक्रबार हुने स्थानीय तह निर्वाचन सन्दर्भमा भरतपुर महानगरपालिकाको मतगणनास्थलमा फलामको तारजाली लगाइएको छ ।

चितवन उद्योग संघभित्र रहेको औद्योगिक प्रदर्शनी केन्द्रमा यसपटक व्यवस्था मिलाइएको मतगणना स्थलमा फलामे तारजाली लगाइएको निर्वाचन आयोगले जनाएको छ ।

नेकपा (एमाले) र पाँच दलीय सत्ता गठबन्धनको प्रतिष्ठाको विषय बनेको भरतपुर महानगरपालिकाको मतगणनास्थलमा अठवटा सिसी क्यामेरसमेत जोडिएको छ । आयोगले मतगणनास्थलामा चौबिसै घण्टा बिजुली र इन्टरनेटको सुविधा उपलब्ध गराइने बताएको छ ।

अघिल्लो पटक २०७४ सालको निर्वाचनमा भरतपुर कभर्ड हलमा मतगणना गरिएको थियो । यसपटक आयोगले प्रदर्शनी केन्द्रको ‘सी’ ब्लकमा मतगणना गर्ने ठाउँ बनाएको छ ।

विंस २०७४ को मतगणनामा तत्कालीन मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने पिसाब गर्न शौचालय गएको मौका छोपी मतपत्र च्यातिएपछि यसपटक आयोगले मतगणना गर्ने कर्मचारीले मात्रै शौचालय प्रयोग गर्ने गरी शौचालयको व्यवस्था गरेको छ । दलका प्रतिनिधिलाई भने छुट्टै शौचालयको व्यवस्था गरिएको छ ।

आयोगका अनुसार प्रदर्शनी केन्द्रको ‘सी’ ब्लकको उत्तरतर्फको प्यासेजमा मतपत्र ल्याउने र सोही प्यासेजको पछाडिपट्टि शौचालयको व्यवस्था गरिएको छ जहाँ मतगणना गर्ने कर्मचारीले मात्र शौच गर्नेछन् ।