२२ मंसिर २०८२, सोमबार
,
Latest
‘जेनजी’ प्रदर्शनका क्रममा भागेका एक व्यक्ति पक्राउ जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी जारी अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनी नेता जेलेन्स्कीको आलोचना, युरोपेली सहयोगीसँग भेट्दै मुख्यमन्त्री शाह र अर्थमन्त्री खनालबीच भेट भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित गुणस्तरीय काम गरे भुक्तानीमा समस्या छैनः मुख्यमन्त्री कँडेल भृकुटीमण्डपमा आगामी पुस ५ गते ‘एकता सन्देश सभा’ नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी पञ्चाङ्ग निर्णायक समितिमा २०८३ सालको पात्रोलाई स्वीकृति दिने प्रक्रिया अवरुद्ध नेताहरुको लुट, भ्रष्टाचार र ऋण आतंकले नेपाल ग्रेलिष्टमा पुग्योः प्रभु साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड सहित मन्त्रीहरुले आचारसंहिताको उल्लंघन गरेको एमालेको आरोप



अ+ अ-

चितवन । मौन अवधिको समयमा निर्वाचन आचारसंहिताको उल्लंघन गरेको भन्दै नेकपा (एमाले) चितवन जिल्लाले आपत्ति जनाएको छ ।

एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले प्रेस विज्ञप्ति जारी गर्दै चितवनको माडी नगरपालिका र भरतपुर महानगरपालिकामा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, श्रम तथा रोजगारमन्त्री कृष्णकुमार श्रेष्ठ किसान र मन्त्रिपरिषद्का राज्यमन्त्री उमेश श्रेष्ठलगायतले मौन अवधिमा निर्वाचन आचारसंहिताको उल्लंघन गरेको बताएका छन् ।

ती नगरपालिका र महानगरपालिकामा आम मतदाताको घरघरमा पुगी प्रभावमा पार्ने काम गरेको र मन्त्री किसान श्रेष्ठ र उमेश श्रेष्ठले भरतपुर महानगरपालिकाभित्र आर्थिक चलखेल गरेको भन्ने सूचना आएकाले आवश्यक छानबिन गरी सो कार्य तुरुन्त रोक्न एमाले चितवनले माग गरेको छ ।

राज्य सञ्चालनको जिम्मा लिएका भनिएकाहरुबाटै नेपालको संविधान, नियम, कानूनलाई मिच्दै निर्वाचन आचारसंहिताको चरम उल्लंघन भइरहेको दृश्यले नेकपा एमाले चितवनको गम्भीर ध्यानाकर्षण भएको छ भन्दै विज्ञप्तिमा भनिएको छ, “राज्यको उच्च तहमा रहेका व्यक्तिहरुबाटै यस प्रकारका कार्य हुनुले निर्वाचन निष्पक्ष हुनेमा गम्भीर शंका पैदा भएको छ, आचारसंहिता गंभीर उल्लंघन गर्ने नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका भरतपुर महानगरपालिका र माडी नगरपालिका उम्मेदवारहरुको उम्मेदवारी रद्द गर्ने प्रक्रियासमेत अगाडि बढाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदछौँ । ”