• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

विशिष्ट पर्यवेक्षकहरुबाट मतदान केन्द्रको निरीक्षण (भिडियोसहित)



काठमाडौं । पूर्व प्रधानन्यायाधीश एवं स्थानीय निर्वाचन २०७९ की पर्यवेक्षक बिशिष्ट सुशीला कार्की सहितको पर्यवेक्षक टिमले मतदान केन्द्रको निरीक्षण गरेको छ ।

पूर्वप्रधानन्याधीश कार्कीसहित पूर्व आयुक्त ईला शर्मासहितको पर्यवेक्षण टिमले त्रिपुरेश्वरको विश्व निकेतनस्थित निर्वाचन मतदान केन्द्रको निरीक्षण गरेको हो । मतदान केन्द्रको स्थलगत निरीक्षणपछि पूर्व प्रधानन्यायाधीश कार्कीले मतदान स्थलको व्यवस्था सुरक्षा कडा बनाइएको र व्यवस्थित रहेको प्रतिक्रिया दिनुभयो । उहाँले मतदान केन्द्रमा महिला र पुरुषहरुका लागि छुट्टै ठाउँ बनाएर मतदान गर्ने व्यवस्था मिलाएको पनि बताउनु भयो । उहाँले मतदान स्थलमा पानी परेमा ओत लाग्ने गरी लाइनको व्यवस्था मिलाएर मतदान केन्द्रलाई व्यवस्थित बनाएको बताउनु भयो ।

पर्यवेक्षक कार्कीले भन्नुभयो, ‘सबै व्यवस्था राम्रो भएको छ । यहाँ महिला र पुरुषहरुका लागि छुट्टै मतदान गर्ने व्यवस्था मिलाएको रहेछ । राम्रो छ । सबै व्यवस्था आजसम्मका लागि मिलाएको छ । यसलार्य निरन्तरता दिएर भोलि निर्धक्क, भयरहीत भइ निर्वाचन गर्न सक्ने विश्वास लिएकी छु ।’

स्थानीय तहको निर्वाचन भोलि (शुक्रवार) देशभर एकसाथ हुँदैछ । स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले बुधवार र बिहीवार मतदाता शिक्षा र मतदाता परिचय पत्र सम्बन्धित मतदान केन्द्रबाट वितरण गरिरहेको छ । आजसम्म स्थानीय तहको निर्वाचनका लागि सबै तयारी सक्ने र भयरहीत वातावरणमा मतदान गर्ने व्यवस्था मिलाउने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले मतदान दिन जाँदा मतदान केन्द्रभित्र मोबाइल, क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटरजस्ता प्रज्वनशील एसिड पदार्थ, कुनै प्रकारको हातहतियार, नमूना मतपत्र लगायतका कागजातहरु, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह भएको वा संकेत जानिने कुनै वस्तु लैजान नपाउने बताएको छ । त्यस्तै आयोगले मतदाता नामावलीमा समावेश भएका मतदाताहरुले मतदाता परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र, राहदानी, जग्गाधनी प्रमाणपत्रका आधारमा भोट हाल्न पाउने व्यवस्था गरेको छ ।