११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो रसुवा बाढीपीडितको उद्धार र सहयोगका लागि साउदीसँग मन्त्री यादवको अपिल संयुक्त अरब इमिरेट्सद्वारा बाढीपहिरोप्रति व्यक्त पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग बाढी प्रभावित नुवाकोटको विदुर पुगे प्रधानमन्त्री शाह, क्षतिको स्थलगत निरीक्षण बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढी : जलविद्युत आयोजनाका २०० भन्दा बढी सम्पर्कविहीन, उद्धारको पर्खाइमा बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

दमकमा मेयरका राप्रपा उम्मेदवार थापा अस्पताल भर्ना, आजै अपरेसन हुँदै



अ+ अ-

दमक । स्थानीय तहको निर्वाचनअन्तर्गत झापाको दमक नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मेयर उम्मेदवार राम थापा अस्पताल भर्ना भएका छन् ।

उनलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ । बिहीबार उनलाई स्वास्थ्यमा समस्या आएपछि प्रतिष्ठानमा भर्ना गरिएको हो । प्रतिष्ठानले उनलाई एपेन्डिसाइटिस भएको बताएको छ । उनको आजै अपरेसन हुने बताइएको छ ।

यसैबीच राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले थापाको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत अध्यक्ष लिङ्देनले स्वास्थ्यलाभको कामना गर्दै सबै शुभेच्छुकलाई धैर्य धारण गर्न अनुरोध गर्नुभएको छ ।

राप्रपाबाट मेयरमा उम्मेदवार बन्नुभएका थापालाई पाँच दलीय गठबन्धनको समर्थन छ ।