• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   संसदमा साङ्केतिक भाषाको दोभासे राख्न माग ★   आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो ★   प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल ★   विपद् प्रतिकार्यका लागि रेडक्रसले ७७ वटै जिल्लामा खटायो तालिमप्राप्त स्वयंसेवक ★   सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी ★   मनाङको बाटो सधैँ जोखिमपूर्ण ★   प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ ★   युरो कपको क्वाटरफाइनल खेल्ने सबै टोलीको टुंगो लाग्यो, यी ८ टोलीबीच हुनेछ भिडन्त ★   महामन्त्री ढकालको प्रतिवेदन हुबहु सार्वजनिक गरिने ★   भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो

दमकमा मेयरका राप्रपा उम्मेदवार थापा अस्पताल भर्ना, आजै अपरेसन हुँदै



दमक । स्थानीय तहको निर्वाचनअन्तर्गत झापाको दमक नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मेयर उम्मेदवार राम थापा अस्पताल भर्ना भएका छन् ।

उनलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ । बिहीबार उनलाई स्वास्थ्यमा समस्या आएपछि प्रतिष्ठानमा भर्ना गरिएको हो । प्रतिष्ठानले उनलाई एपेन्डिसाइटिस भएको बताएको छ । उनको आजै अपरेसन हुने बताइएको छ ।

यसैबीच राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले थापाको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत अध्यक्ष लिङ्देनले स्वास्थ्यलाभको कामना गर्दै सबै शुभेच्छुकलाई धैर्य धारण गर्न अनुरोध गर्नुभएको छ ।

राप्रपाबाट मेयरमा उम्मेदवार बन्नुभएका थापालाई पाँच दलीय गठबन्धनको समर्थन छ ।