२ माघ २०८१, बुधबार
,
Latest
संसदीय समितिले कानूनको उत्तरविधायिकी परीक्षण (पिएसएल) बारे अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने पूर्व तयारीका कामलाई प्रभावकारी बनाइनेछ: प्रधानमन्त्री भूकम्प सुरक्षा दिवस: पूर्व तयारीका कामलाई प्रभावकारी बनाइनेछ ः प्रधानमन्त्री जोकोभिच सबैभन्दा धेरै ग्राण्डस्लाम खेल्ने खेलाडी बने पक्राउ परेका दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा बयान दिन इन्कार नेप्से परिसूचकमा झिनो अङ्कको सुधार सरकारले ८० प्रतिशत नागरिकलाई दुषित पानी खुवाएको छः अध्यक्ष दाहाल समाजवादी मोर्चाको बैठक शुरु सरकारले संसदको मान हानी गर्योः वर्षमान पुन रविका वकिलको मागः तारेखमा बसेर मुद्दा पुर्पक्ष गर्न पाउनुपर्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुरको मतगणना अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा



अ+ अ-

भरतपुर । शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणना अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्रमा गरिने भएको छ । मतगणनाको तयारीको काम भईरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलका अनुसार केन्द्रको ‘सी’ ब्लकमा मतगणना गर्ने तयारी गरिएको हो । सो ब्लकमा सिसिटिभि जडानको काम सकिएको छ भने तार जाली लगाउने काम भईरहेको जनाइएको छ । सात समुहमा मतगणना गर्न सकिने गरी तयारी थालिएको पौडेलले जानकारी दिनुभयो । “आयोगले ५ गते सम्म गणनाको काम सक्न निर्देशन दिएको छ, सोही अनुसार तयारी गरेका छौ”, उहाँले भन्नुभयो । तर, महानगरमा खस्ने मतको अनुपातमा आयोगले तोकेको मितिभन्दा दुई दिन ढिला हुनसक्ने कार्यालयले अनुमान गरेको छ ।

वि सं २०७४ को मत गणनाको क्रममा मत पत्र च्यातिएपछि अहिलेको गणनामा त्यस्तो नहोस भनेर सबै खालको तयारी गरिएको पौडेलले बताउनुभयो । भरतपुर महानगरमा २९ वडा छन् । जहाँ १ लाख ८५ हजार ७ सय ५२ मतदाता छन् । महानगरमा लागि ६५ मतदान स्थाल २०२ मतदान केन्द्र रहेको छ ।

विगतको स्थानीय तहको निर्वाचनमा मतगणनाको क्रम भएको घटना दोहोरीन नदिन तीन तहको सुरक्षाकर्मी परिचालनका साथै पर्याप्त कर्मचारी खटाईने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले बताउनुभयो । रासस