१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला रिहा



अ+ अ-

काठमाडौं । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला रिहा भएका छन् । बास्तोलालाईप्रहरीले बुधबार पक्राउ गरेको थियो। उनी बुधबार पोखराको एक कार्यक्रम सकेर नेपालगञ्ज जान लागेका बेला प्रहरीले दाङको भालुवाङबाट पक्राउ गरेको हो ।

प्रहरीको सोधपुछमा बास्तोलाले आफ्नो पार्टीले स्थानीय चुनाव विथोल्ने खालका क्रियाकलाप नगर्ने जानकारी गराएका थिए । साथै बास्तोलाले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँड संग टेलिफोनमा सम्बाद गरेका थिए ।

बास्तोलाकी श्रीमती बिरामी रहेकाले नेपालगञ्जमा श्रीमतीलाई भेट्न जाँदै गर्दा भालुवाङबाट पक्राउ गरिएको हो । नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी हालैमात्र विभाजन भएको थियो र त्यसपछि बाँस्तोलाले आफ्नो संयोजकत्वमा नेकपा बहुमत गठन गरेका थिए ।




भर्खरै