• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै ★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु

धादिङ र रुकुममा कांग्रेस माओवादी कार्यकर्ताबीच झडप, कैयौँ घाइते



नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का कार्यकर्ताको आक्रमणले घाइते भएका धादिङको नीलकण्ठ नगरपालिका–६ का नेपाली काँग्रेसका वडाध्यक्ष उम्मेदवार भूपेन्द्र श्रेष्ठ । तस्वीरः सीताराम अधिकारी -रासस

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ६ भोर्लेमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएका छन् । ती स्थानमा भएका झडपमा परी कैयौँ कार्यकर्ता घाइते भएका बताइएको छ ।

धादिङमा मात्र झडपमा परेर २० जनाभन्दा बढी घाइते भएका छ्न् । झडपमा नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार भुपेन्द्र कुमार श्रेष्ठ गम्भीर घाइते छन् । उनको टाउको, दाहिने आँखा, दात लगायत शरीरका विभिन्न ठाउँमा चोट लागेको छ ।

घाइतेहरुको धादिङ अस्पतालमा उपचार भैरहेको छ । यस झडपमा धेरै कांग्रेसका र थोरै मात्र माओवादी कार्यकर्ता घाइते भएका छन् । माओवादी केन्द्रका अनिल श्रेष्ठ र विष्णु राना घाइते भएका छन् ।

नेपाली कांग्रेस र माओवादी केन्द्रका नेता तथा कार्यकर्ता मौन अवधिमा पनि बुधबार राति चुनाव प्रचारप्रसारमा लागेकाले आपसमा झडप भएको हो । त्यस्तै उता रुकुममा पनि यी दुई दलकै कार्यकर्ता बीच झडप भएको छ । झडपमा परेर दुवै दलका कार्यकर्ता घाइते भएका छन् ।