११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो रसुवा बाढीपीडितको उद्धार र सहयोगका लागि साउदीसँग मन्त्री यादवको अपिल संयुक्त अरब इमिरेट्सद्वारा बाढीपहिरोप्रति व्यक्त पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग बाढी प्रभावित नुवाकोटको विदुर पुगे प्रधानमन्त्री शाह, क्षतिको स्थलगत निरीक्षण बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढी : जलविद्युत आयोजनाका २०० भन्दा बढी सम्पर्कविहीन, उद्धारको पर्खाइमा बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङ र रुकुममा कांग्रेस माओवादी कार्यकर्ताबीच झडप, कैयौँ घाइते



नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का कार्यकर्ताको आक्रमणले घाइते भएका धादिङको नीलकण्ठ नगरपालिका–६ का नेपाली काँग्रेसका वडाध्यक्ष उम्मेदवार भूपेन्द्र श्रेष्ठ । तस्वीरः सीताराम अधिकारी -रासस
अ+ अ-

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ६ भोर्लेमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएका छन् । ती स्थानमा भएका झडपमा परी कैयौँ कार्यकर्ता घाइते भएका बताइएको छ ।

धादिङमा मात्र झडपमा परेर २० जनाभन्दा बढी घाइते भएका छ्न् । झडपमा नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार भुपेन्द्र कुमार श्रेष्ठ गम्भीर घाइते छन् । उनको टाउको, दाहिने आँखा, दात लगायत शरीरका विभिन्न ठाउँमा चोट लागेको छ ।

घाइतेहरुको धादिङ अस्पतालमा उपचार भैरहेको छ । यस झडपमा धेरै कांग्रेसका र थोरै मात्र माओवादी कार्यकर्ता घाइते भएका छन् । माओवादी केन्द्रका अनिल श्रेष्ठ र विष्णु राना घाइते भएका छन् ।

नेपाली कांग्रेस र माओवादी केन्द्रका नेता तथा कार्यकर्ता मौन अवधिमा पनि बुधबार राति चुनाव प्रचारप्रसारमा लागेकाले आपसमा झडप भएको हो । त्यस्तै उता रुकुममा पनि यी दुई दलकै कार्यकर्ता बीच झडप भएको छ । झडपमा परेर दुवै दलका कार्यकर्ता घाइते भएका छन् ।