१४ भाद्र २०८३, आईतवार
,
Latest
इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशहरूबीच एकताका लागि आह्वान बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व हो र यसलाई पूर्ण निष्ठाका साथ… भर्जिनियाको ‘हाम्रो भजन समूह’द्वारा बाढीपीडितका लागि रु. ५ लाखभन्दा बढी सहयोग ‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कलंकी कोटेश्वरमा गाउँ जानेको भिड, व्यक्तिगत गाडी पाइएन



अ+ अ-

काठमाडौं । कलंकी र कोटेश्वरमा केही दिनयतादेखि भिडभाड बढेको छ । हिजोदेखि भने मत हाल्न गाउँ जानेको निकै भिड बढेको देखिएको छ । भोट हाल्न जानेहरुको दशैँ र तिहारभन्दा बढी भिड देखिएको छ ।

काठमाडौँ बाहिरिने दुई नाका कलंकी र कोटेश्वरमा खास भिड बढेको हो । आज बिहान कलंकीमा सयौँ गाडीको भिड लागेको थियो । भोलिको मतदानका लागि आज गाउँ जाने हजारौँ नागरिक कलंकीमा उपस्थित थिए । आज बिहानको दृश्य दशैँको सप्तीको जस्तै थियो ।

दशैँमा सप्तमीदेखि पाँच दिन विदा हुन्छ । त्यस्तै आज कर्मचारी घर गए भने पनि चार दिन नै सरकारी विदा छ । कर्मचारीहरुले आज एक दिन विदा लिए भने भोलिदेखि लगातार चार दिन विदा छ । यसैका कारण पनि कर्मचारीहरुले पनि आज एक दिन विदा लिएर चार दिनसम्म छुट्टी पाएकाले गाउँ लागेका हुन् ।

यता कलंकीमा एक्लाएक्लै अर्थात् व्यक्तिगत घर जान चाहने व्यक्तिले बसको टिकट पाएका छैनन् । सबै गाडीहरु पार्टीका उम्मेदबारले बुकिङ गरेकाले व्यक्तिगत रुपमा घर जान चाहनेले टिकट नपाएका हुन् ।

पार्टीका उम्मेदबारहरुले बस बुकिङ गरेरै काठमाडौँबाट गाउँगाउँसम्म बोलाएका छन् । कतिपय मानिसहरु हिजो अस्ती नै पुगेका थिए भने बाँकी आज जान लागेका हुन् ।