• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

हेटौँडाको दुईवटा केन्द्रमा महिला मतदान अधिकृत



मकवानपुर । शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि हेटौँडाको दुई केन्द्रमा महिला मतदान अधिकृत खटिएका छन् । हेटौँडा उपमहानगरपालिकाका १९ वडामध्ये दुई केन्द्रमा महिला मतदान अधिकृतलाई खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयका सहायक निर्वाचन अधिकृत सागर शर्माका अनुसार वडा नं २ स्थित सिद्धार्थ मावि (घ)को मतदान केन्द्रमा मतदान अधिकृत विष्णुकुमारी लामिछाने र सहायक अधिृकत कृष्णकुमारी खरेल रहनुभएको छ भने वडा नं १२ स्थित महेन्द्र मावि पदमपोखरी (घ) को मतदान केन्द्रमा मतदान अधिकृत शान्तिमाया मोक्तान र सहायक मतदान अधिकृत अनुकुमारी लामा रहनुभएको छ ।

अन्य मतदान अधिकृतहरूमा भने पुरुष नै छन् । यहाँका सबै वडाको मतदान केन्द्रमा मतपत्रसहितको निर्वाचन टोली आइसकेका छन् । रासस