६ श्रावण २०८३, बुधबार
,
Latest
सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दसैँमा सिनेमा हल खुल्ने



फाईल फोटो
अ+ अ-

काठमाडौं । चलचित्रकर्मीले दसैँको फूलपातीबाट सिनेमा घर खुल्ने आशा गरेका छन् । निषेधाज्ञाका कारण बन्द रहेका उपत्यकाका सिनेमा घरलाई असोजको दोस्रो हप्तादेखि खुल्न दिने निर्णय सरकारले गरेको छ ।

नेपाल चलचित्र सङ्घका महासचिव अशोक शर्माले भने, “निर्माताहरूसँग छलफल भइरहेका कारण दसैँको फूलपातीदेखि नयाँ चलचित्र प्रदर्शनीमा आउने लक्ष्य राखेका छौँ । ”

नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दहालले अहिले उपत्यकाको सिनेमा घर मात्र खोल्ने निर्णय गरेको हुनाले मौफसलका सिनेमा घर पनि खुला गर्ने प्रयास भइरहेको जानकारी दिए ।
 
उपत्यकाबाहेक प्रमुख फिल्म बजार रहेका जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग हल खुलाउनेबारे छलफल गरिएको छ । बोर्ड अध्यक्ष दयाराम दाहालले १० भन्दा बढी जिल्लाका सीडीओसँग संवाद गरेको बताए ।

दर्शकलाई घरभन्दा सिनेमा घरमा सुरक्षित छ भन्ने विश्वास दिलाउन सकिएमा मात्र दर्शकलाई आकर्षित गर्न सकिने बताउँदै उनले थपे, “स्वास्थ्यभन्दा ठूलो चलचित्र पक्कै पनि हुँदैन । त्यसैले पनि तयारी गर्नुपर्नेछ । ”यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।