५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल

आईपीएलः धोनीको कप्तानीमा चेन्नई विजयी

आईपीएलः धोनीको कप्तानीमा चेन्नई विजयी
अ+ अ-

एजेन्सी । आईपीएल २०२२ को ४६ औं खेल चेन्नई सुपर किंग्सले जितेको छ । चेन्नईले सनराइजर्स हैदरावादलाई १३ रनले पराजित गरेको हो । जितसँगै चेन्नईले हैदरावादसँग अघिल्लो हारको बदला पनि लिएको छ । उसलाई सिजनको पहिलो खेलमा हैदरावादले ८ विकेटले पराजित गरेको थियो । धोनीको कप्तानीमा चेन्नईको यो सिजनको पहिलो र समग्रमा तेस्रो जित हो ।

पुनेको एमसीए स्टेडियममा आइतबार भएको खेलमा महेन्द्र सिंह धोनीले सिजनमा पहिलो पटक चेन्नईको कप्तानीको जिम्मेवारी सम्हालेका थिए । उनको नेतृत्वमा टोलीले २०२ रनको सफलताको रक्षा गर्दै हैदरावादलाई १८९ रनमा सीमित गर्‍यो । चेन्नईका लागि ऋतुराज गायकवाड र डेभोन कोनवेले अर्धशतकीय पारी खेले भने बलिङमा मुकेश चौधरीले चार विकेट लिए ।

चेन्नईले दिएको २०३ रनको लक्ष्य पछ्याउँदै सनराइजर्स हैदरावादले सुरुआत राम्रो गरेको थियो । अभिषेक शर्मा र केन विलियम्सनले मिलेर पाँच ओभरमा टोलीको स्कोर ५० रनभन्दा माथि पुर्याएका थिए । तर छैटौं ओभरको पाँचौं र छैटौं बलमा मुकेश चौधरीले अभिषेक शर्मा र राहुल त्रिपाठीलाई आउट गरेर हैदरावादको समस्या थपिदिए । त्यसपछि एडन मार्कराम र केन विलियम्सनले इनिङ्स सम्हाल्ने प्रयास गरे । सानदार रन बनाएपनि १०औं ओभरमा मार्कराम पनि पेभिलियन फर्किए ।

अर्कोतर्फ विलियम्सनले निरन्तरता दिए र स्कोर बढाउने प्रयास गरे । तर उनी पनि ४७ रनमा आउट भए । त्यसपछि निकोलस पूरन र शशांक सिंहले अग्रता लिएर इनिङ्सलाई अगाडि बढाउन थाले । चेन्नईका मुकेश चौधरीले दोस्रो स्पेलमा हैदरावादलाई ब्याकफुटमा धकेले । उनले १८ औं ओभरमा शशांक र सुन्दर दुवैलाई आउट गरे ।

त्यसपछि पूरनले द्रुत रन जोड्दै २९ बलमा आफ्नो अर्धशतक पूरा गरे । अन्तिम ओभरमा पूरनले २४ रन बनाए पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन । हैदरावादका लागि निकोलस पूरनले सर्वाधिक रन बनाए । उनी ३३ बलमा ६४ रन बनाएर अविजित रहे । चेन्नईका लागि मुकेश चौधरीले सर्वाधिक ४ विकेट लिए ।

यसअघि हैदरावादका कप्तान केन विलियम्सनले टस जितेर चेन्नईलाई ब्याटिङको निम्तो दिएका थिए । हैदरावादको निर्णय गलत साबित गर्दै चेन्नईले बलियो सुरुवात गरेको थियो । सिजनको दोस्रो खेल खेल्दै आएका ऋतुराज गायकवाड र डेभोन कोनवेले पहिलो विकेटका लागि १८२ रनको साझेदारी गरे । तर, ऋतुराज आफ्नो शतकबाट चुके । उनी ५७ बलमा ९९ रन बनाएर आउट भए । जबकि कोनवे ५५ बलमा ८५ रनमा अविजित रहे । हैदराबादका लागि नटराजनले दुई विकेट लिए ।