५ श्रावण २०८३, मंगलवार
,
Latest
गड्यौला मलले बदलिँदै तुलसीपुरका किसानको दैनिकी, बढ्दै प्राङ्गारिक खेतीको आकर्षण आइएमईद्वारा बीवाईडी एट्टो १ ईभी विजेतालाई पुरस्कार हस्तान्तरण साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव बरामद वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव वैदेशिक रोजगारका ४० हजारभन्दा बढी पुराना फाइल डिजिटलाइज गरिँदैः ठगी शुन्यमा झार्ने श्रममन्त्रीको उद्घोष
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामुदायिक वनमा दुईजना मृतावस्थामा भेटिए



प्रतीकात्मक तस्बिर
अ+ अ-

गोदावरी । कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरस्थित तुल्सीपुर सामुदायिक वनमा दुईजना मृतावस्था भेटिएका छन् । आइतबार सो सामुदायिक वनमा उनीहरू मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बझाङको जयपृथ्वी घर भएका २८ वर्षीय अमर जोशी र २४ वर्षीया अस्मिता सिंह मृत फेला परेको बताउनुभयो ।

जोशीले दोस्रो विवाह गरेर गत चैतमा बझाङबाट कैलाली आएका जनाइएको छ । प्रहरीका अनुसार उनले अस्मितासँग दोस्रो विवाह गरेका हुन् । अमर र अस्मिता केही दिन घोडाघोडी नगरपालिका–५ मा आफ्ना आफन्तको घर बसेको खुलेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।