५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल

पुनकाे चासाे : प्रमुख आयुक्त र ओलीको बोली कसरी मिल्यो ?

पुनकाे चासाे : प्रमुख आयुक्त  र ओलीको बोली कसरी मिल्यो ?
file
अ+ अ-

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुनले निर्वाचन आयोगका प्रमुख आयुक्तको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ ।

आइतबार १३३ औँ मे दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्ति र प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति मिलेको भन्दै आपत्ति जनाउनुभएको हो । प्रमुख निर्वाचन आयुक्तको मतपत्र बलियो कागजमा राखेकाले चपाउन, च्यात्न सकिदैन भन्ने अभिव्यक्ति र ओलीको पनि सोही अभिव्यक्ति हुनु कसरी मिल्यो भन्ने उहाँले प्रश्न गर्नुभएको हो । कुनै नेता विशेष र पार्टी विशेषको बोलि निर्वाचन आयोगले बोल्न नमिल्ने उहाँले बताउनुभयो । नेता पुनले आयोगलाई निष्पक्ष र व्यवसायिक भुमिका निर्वाह गर्न पनि आग्रह गर्नुभयो । उहाँले निर्वाचन आयोग रेफ्रिको भुमिकामा बस्नुपर्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘हामी विभिन्न संवैधानिक निकायहरु, व्यक्तिहरु, प्रशासन, सबै संयन्त्रलाई निष्पक्षतापूर्वक निर्वाचन सम्पन्न गर्नपनि हामीले अपिल गर्न चाहान्छौँ । अनुरोध गर्न चाहान्छौँ । निर्वाचन आयोगका प्रमुख आयुक्त जस्तो व्यक्ति, त्यो कुर्सिमा बसेको व्यक्ति कोही पार्टीको हुँदैन । कोही समर्थक हुँदैन । एउटा हाइली प्रोफेसनल मान्छे । उच्च व्यवसायिक क्षमता भएको, दक्षता भएको मान्छे नै त्यहाँ पुग्ने हो संविधानले त्यो विश्वास गरेको छ । त्यस अर्थमा निर्वाचन आयोग आज रेफ्रिको भुमिकामा । रेफ्रि आफै मैदानमा ओर्लेर खेल खेल्न लाग्यो । गोल हान्न लाग्यो भने त्यो खेल कस्तो हुन्छ ? म निर्वाचन आयोगलाई पनि अनुरोध गर्न चाहान्छु, तपाईहरु पनि आफ्नो मर्यादामा बसेर निष्पक्ष ढंगले आम जनताले देख्ने, मतदाताले देख्नेगरी रेफ्रिको भुमिकामा बसिदिनुस् । रेफ्रि जति प्रोफेशनल हुन्छ, त्यो खेल त्यति नै फेयर हुन्छ ।

लोकतन्त्रमा निर्वाचन आयोग जति निष्पक्ष, व्यवसायिक, दक्ष हुन्छ । त्यति नै लोकतन्त्र सुदृढ हुन्छ । हिजो उहाँले भन्नुभयो असाध्यै दुःखका साथ मैले भन्नुपर्छ, हामीले मतपत्र बलियो कागज राखेका छौँ अब चपाउन, च्यात्न सकिदैन भन्नुभयो । त्यही कुरो केपी ओलीजीले बोलिराख्नु भएको छ । केपी ओलीजीको बोली र निर्वाचन आयोगको प्रमुखको बोली कसरी मिल्यो ? यसमा हाम्रो आपत्ति छ । निर्वाचन आयोगप्रति हाम्रो विश्वास छ, तर यस्ता बोलिहरु प्रति हाम्रो आपत्ति छ । कुनै नेता विशेष, कुनै पार्टी विशेषको बोलि निर्वाचन आयोगले बोल्न मिल्दैन । हरेक व्यक्ति संविधान भित्र छ । कानून भित्र छ । आफ्ना आस्था आफ्ना ठाउँमा हुन्छ । राज्यका कुर्सिहरुमा बसिसकेपछि निष्पक्ष भुमिका, व्यवसायिक भुमिका निर्वाह गर्नुपर्ने हुन्छ । म त्यो पनि अपिल गर्न चाहान्छु राज्यका सबै निकायहरुलाई ।’

उहाँले देशका विभिन्न ठाउँमा भएका निर्वाचन कार्यालयहरुले निष्पक्ष भुमिका खेल्न नसकेको पनि बताउनुभयो । नेता पुनले संविधान र लोकतन्त्रको रक्षाको निम्ति वर्तमान गठबन्धन बनेको उल्लेख गर्दै वर्तमान उपलब्धीको रक्षापछि गठबन्धनका दलहरु आपसमा प्रतिस्पर्धा गर्ने बताउनुभयो । उहाँले एमाले अध्यक्ष ओली वामपन्थी नभएको आरोप पनि लगाउनुभयो । उहाँले भन्नुभयो – ‘आजको एजेण्डामा केपी ओली वामपन्थी होइनन् । दक्षिणपन्थी हुन् । प्रतिगामी हुन् । त्यो एजेण्डा बोकेर हिडेका छन् । तथ्यहरु छ । आज ओलीजीले लगाइराखेको आरोपमा कही हिच्किचाइराख्नुपर्ने, आत्तिनुपर्ने छैन । यसको अर्थ सधै कांग्रेस र माओवादीको एउटै बिचार धारा हो, हामी सधै रहिराख्छौँ होइन । हामी संविधानको रक्षा, लोकतन्त्रको रक्षा, अहिलेका उपलब्धिहरुका रक्षापछि हामी प्रतिस्पर्धा गर्छौ । माओवादी समाजवादको आधार तयार गर्दै समाजवादतिर जाने उसको गन्तव्य छ । कांग्रेसको प्रजातान्त्रिक समाजको गन्तव्य छ । आ–आफ्ना गन्तव्यहरु छन् । हामी प्रतिस्पर्धा गर्छौ त्यो अवस्थामा । यो रुपले हामीले अहिलेको राजनीतिक एजेण्डालाई गठबन्धनलाई बुझ्न जरुरी छ ।’

नेता पुनले एमालेले धार्मिक एजेण्डा बोकेर हिडेको आरोप लगाउनुभयो । एक्लै चुनाव लड्ने घोषणा गरेको एमालेले गोविन्दराज जोशी र कमल थापालाई लिएर हिड्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । ओलीले बाहिर बाहिर हुंकार गरेको भएपनि भित्रैबाट गलीसकेको र पराजित भइसकेको उहाँले बताउनुभयो । ओली पराजित हुनु वामपन्थीहरुको एकताको ग्यारेन्टी भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘उहाँ आफै आज धार्मिक एजेण्डा बोकेर हिड्ने राजावादीहरुसँग तालमेल गर्दै हिड्ने अवस्थामा पुग्नुभएको छ । हिजो उहाँले हुंकार गर्नुहुन्थ्यो । पाँच दल पाँच किलो म एक्लै एक क्विन्टल एमाले भन्नुहुन्थ्यो । आज कांग्रेसले कारबाही गरेको गोविन्दराजलाई लिएर केही ग्राम थप्दै हुनुहुन्छ । त्यहाँ ढक नपुगेर, वेट नपुगेर । त्यसैगरी राप्रपाबाट चोइटिएको सानो कमल थापाको गुटलाई लिएर उहाँले अलिअलि केही ग्रामहरु थपिराख्नुभएको छ । किन त्यस्तो बाध्यता प¥यो ? रोल्पामा जाँदा ६ वटा गाउँपालिकाहरुमा केपी ओलीजीले विप्लवजीहरुसँग गठबन्धन गरिराख्नु भएको छ हामीलाई हराउन । अनि उहाँ एक क्विन्टल के हो त नि ? त्यहाँ त हामी एक्लै छौँ । पाँच दल पनि छैनौँ । एक्लाएक्लै मित्रवत प्रतिस्पर्धा गरिराखेका छौँ । पूर्वी रुकुममा जाँदा त्यस्तै छ । केपी ओलीजी बाहिर जति बहादुरी देखाउनुहुन्छ, हुंकार देखाउनुहुन्छ भित्र असाध्यै गल्नु भएको छ भन्ने कुरो भित्र पराजित भइसक्नुभयो भन्ने कुरो तथ्य यही हो नि । हामी त व्यवहार हेर्ने हो । उहाँ भित्रै देखि गल्नुभएको छ । भित्रैदेखि पराजित हुनुभएको छ । आज केपी ओली प्रवृत्ति पराजित हुनु नेपालको संविधानको रक्षा, लोकतन्त्रको रक्षा र अग्रगमनको सुनिश्चितता हो । र वामपन्थीहरुको बास्तविक एकताको ग्यारेन्टी पनि हो ।’

उहाँले माओवादी केन्द्रको प्रहार ओलि प्रवृत्तिमाथि भएको भन्दै एमाले भित्रका क्रान्तिकारी, प्रगतिशील र देशभक्तमाथि नभएको स्पष्ट पार्नुभयो । भविष्यमा प्रगतिशील र वामपन्थी शक्तिहरुको वैचारिक रुपमा ध्रविकरण हुने पनि उहाँले बताउनुभयो ।