५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल

समग्रमा तालेमल सफल भयो – कांग्रेस प्रवक्ता

समग्रमा तालेमल सफल भयो – कांग्रेस प्रवक्ता
file
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउने वक्तव्य निकाल्ने बागी उम्मेदवारलाई कारबाही नगर्ने भएको छ ।

आइतवार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको निर्देशन विपरित उम्मेदवारी दिने व्यक्ति पार्टी विधान अनुसार स्वत्ः पार्टीबाट निष्काशित हुने भएपनि पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा वक्तव्य निकाल्ने बागी उम्मेदवारलाई पार्टीबाट निष्काशन नगरीने बताउनुभएको हो ।

उहाँले प्राविधिक कारणले समयमै उम्मेदवारी फिर्ता लिन नसक्नेहरुले आधिकारिक उम्मेदवारको पक्षमा वक्तव्य निकारेर प्रचारमा गएमा बिधानको व्यवस्था अनुसार नहुने उल्लेख गर्नुभयो । उहाँले पार्टी र गठबन्धनको निर्णय अनुसारको आधिकारिक उम्मेदवारको पक्षमा आउन पबि बागी उम्मेदवारहरुलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो – ‘हाम्रो विधानको व्यवस्था अनुसार जसले पार्टीको निर्देशन विपरित उम्मेदवारी दिन्छ, स्वत्ः पार्टीबाट निष्काशित हुने व्यवस्था छ । तरपनि प्राविधिक कारणले तालमेल पछिल्लो समयसम्म तालमेलमा मिलाउनुपर्ने कारणले समयमा उम्मेदवारी फिर्ता दिन सक्नुभएन, प्राविधिक कारणले । पछि पार्टीको निर्देशनमा जसले वक्तव्यमार्फत् र पुरै समर्पित भएर आधिकारिक उम्मेदवारको पक्षमा जसले आफ्नो उम्मेदवारी फिर्ता लिनुहुन्छ, र आधिकारिक उम्मेदवारको पक्षमा प्रचारमा जानुहुन्छ उहाँहरुलाई जुन विधानको व्यवस्था छ त्यसलाई किनभने पार्टीको पक्षमा काम गरिसकेको हुनाले त्यो लागु नगर्ने कुराहरु हामी गर्छौ ।’

प्रवक्ता महतले स्थानीय तह निर्वाचनमा तालमेल सफल भएको बताउनुभयो । उहाँले कतिपय ठाउँमा स्थानीय अवस्थाका अनुसार तालमेलमा असन्तुष्टि देखिएपनि आम रुपमा हेर्दा गठबन्धन सफल भएको बताउनुभएको हो । उहाँले बागी उम्मेदवार पार्टी निर्णयको पक्षमा आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – ‘हाम्रा पार्टीका साथीहरुले अत्यन्त अनुशासनका साथ जिम्मेवारीपूर्ण तरिकाबाट उम्मेदवारीहरु दर्ता गर्नुभयो । जहाँ हामीले तालमेल ग¥यौँ, तालमेल गरिएको ठाउँहरुमा पनि अधिकांश साथीहरुले पार्टीको निर्णयलाई स्वीकार गरेर पार्टीको बृहत्तर हितमा काम गर्नुभएको छ । अपवाद ठाउँहरुमा बाहेक सबैले पार्टीको निर्णयलाई स्वीकार गर्नुभएको छ ।

हामी सबैलाई थाहा छ तालमेल बृहत्तर हितको लागि हामीले गरेको हो । देशमा संविधानवाद, कानूनी शासन र देशलाई सुशासनको बाटोमा उन्मुख गर्ने नेपाली कांग्रेसको लक्ष्य हो । त्यो लक्ष्यमा अन्य दलहरु सामेल हुन चाहन्छन् र सँगसँगै अगाडी बढ्न चाहान्छन् । हाम्रो सरकार पनि त्यही अनुकुल सरकार बनेको छ । स्थानीय निकायमा पनि यो किसिमको प्रवन्ध गर्न हामी सफल भएका छौँ । धेरैलाई लागेको थियो यो तालमेल सफल हुन सक्दैन । धेरै ठुलो विद्रोह हुन्छ । त्यस्तो किसिमको अवस्था आएन । हामीले स्थानीय तहमा कतिपय साथीहरुलाई के लागेको छ भने यो ठाउँमा हाम्रा मतदाताहरु ज्यादा छन् । त्यस अर्थमा अन्य दललाई किन प्रमुख पद दिएको ? भनेर केही ठाउँमा त्यस्तो खाले भावना साथीहरुमा छ । नभएको होइन । तथापी हामीले ठुलो तस्वीरलाई हेर्ने हो भने, बृहत्तर कुरालाई हेर्ने हो भने समग्रमा ठिक भएको छ ।

स्थानीय तहको माइक्रो लेभलमा हेर्दा नहुनुपर्ने कुरा भयो भन्याजस्तो पनि कतिपय ठाउँमा साथीहरुलाई लाग्या छ । तर ठुलो तस्वीरलाई हेर्ने हो भने जुन बाटो हामीले अख्तियार गरेका छौँ । जुन बाटोमा समग्र गठबन्धनमा रहेका दलहरु अगाडी बढिरहेका छन् जुन किसिमको बेथिति हिजो थियो । जस्तो किसिमको कुप्रवन्ध हिजो थियो, जुन किसिमको सकस जनतालाई हिजो थियो, वैदेशिक सम्बन्ध असन्तुलित भएको थियो । यि समग्र कुराहरुलाई हेर्दाखेरी यो गठबन्धनले देशलाई ठिक बाटोमा अगाडी बढाइरहेको छ भन्ने महशुस सबैले गरेका छन् र हामीले पनि गरेका छौँ । एकाध स्थानीय तहमा देखिएका असन्तुष्टिलाई बृहत्तर कुराले सबै साथीहरुले ढिलो, चाँडो बुझ्नु हुनेछ । जहाँ बिद्रोही उम्मेदवार केही ठाउँमा हुनुहुन्छ, ति साथीहरुले आधिकारिक पार्टीले, गठबन्धनले तय गरेको उम्मेदवारको पक्षमा आउनु हुनेछ भन्ने हामीलाई विश्वास लागेको छ ।’

प्रवक्ता महतले पछिल्लो रिपोर्ट अनुसार नेपाली कांग्रेसको देशभरमा ३० हजार ६२८ जनाको उम्मेदवारी परेको बताउनुभयो । जसमध्ये मेयरमा २६५ जना, गाउँपालिका अध्यक्षमा ३७२ जना, उपमेयरमा १९४ जना, गाउँपालिका उपाध्यक्षमा ३४० जना, वडा अध्यक्षमा ६ हजार ४३ जना, महिला सदस्यमा ५ हजार ९३८ जना, दलित महिला सदस्यमा ५ हजार ६९१ जना र अन्य दुई सदस्यको हकमा ११ हजार ९८८ जनाको उम्मेदवारी रहेको उहाँले जानकारी दिनुभयो ।