२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रमिकलाई गरिखाने सुनौलो अवसर निर्माण गर्नु सबैको साझा दायित्वः प्रदेश प्रमुख शर्मा



अ+ अ-

बागमती । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले श्रमिक वर्गको हकहितको निर्माण पूरा गरी उनीहरुका लागि गरिखाने सुनौलो अवसर निर्माण गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ ।

एकसय तेत्तीसौँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले श्रमिकलाई दक्ष बनाउँदै उनीहरुलाई गरिखाने अवसर निर्माण गर्नका लागि सबैले जोड दिनुपर्ने बताउनुभएको हो । “संसारको नवनिर्माण गर्ने श्रमिक जनता हुन् र तिनै श्रमिकको हकहित स्थापित भएको दिन प्रत्येक वर्ष मे १ मा मनाइने अन्तर्राष्ट्रिय श्रमिक दिवसका सन्दर्भमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु”, सन्देशमा उहाँले भन्नुभएको छ ।

मे दिवस श्रम क्षेत्रमा युगान्तकारी परिर्वतन ल्याएको उल्लेख गर्दै सन्देशमा उहाँले विश्वभर सञ्चालन भएका सम्पूर्ण न्यायपूर्ण आन्दोलन, विद्रोह र परिवर्तनमा श्रमिक वर्गको अतुलनीय भूमिका रहेको छ भन्नुभएको छ ।