१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरएनए स्वास्थ्य समितिका संयोजकमा डा. सापकोटा मनोनीत



अ+ अ-

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएन), स्वास्थ्य समितिका संयोजकमा डा. सञ्जीव सापकोटा मनोनीत हुनुभएको छ । एनआरएनएको शनिबार बसेको ८५ औंँ बैठकले डा सापकोटालाई सो समितिका संयोजकमा पुनः चयन गरेको हो ।

ग्लोबल नेपाली हेल्थ एक्स्पर्ट डा सापकोटा कोरोना महामारीमा विदेशमा रहेका नेपालीको तथ्याङ्क सङ्कलन तथा स्वास्थ्यसम्बन्धी जनचेतना कार्यमा संलग्न भइसक्नुभएको छ ।

उहाँसँग विश्व स्वास्थ्य सङ्गठनलगायत विभिन्न सरकारी जनस्वास्थ्य निकायमा जनस्वास्थ्य विशेषज्ञ, मेडिकल इपिडिमियोलोजिस्ट, अनुसन्धान वैज्ञानिक, परियोजना प्रबन्धक, वरिष्ठ तथ्याङ्क विश्लेषक, सञ्चार विशेषज्ञलगायत विभिन्न पदमा जनस्वास्थ्य र स्वास्थ्य सेवामा करिब २० वर्ष काम गरेको अनुभव रहेको एनआरएन सञ्चारकर्मी चिरन शर्माले जानकारी दिनुभयो ।