४ भाद्र २०८३, बिहीबार
,
Latest
“नेपाल–जापान सम्बन्धमा जापानी भाषा र संस्कृतिको भूमिका” मानवअधिकार कार्ययोजना कार्यान्वयनमा सक्रिय हुन सुदूरपश्चिमका स्थानीय तहलाई आयोगको आग्रह विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ विश्वविद्यालयमा लेखा उत्तरदायी अधिकृत नतोकिँदा समस्या भयोः महालेखा परीक्षक राया काठमाडौंमा ३२.५८ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ राज्यको खर्च र वैदेशिक सहायता पारदर्शी बनाउन सांसद पुनको जोड एनजीओलाई दोष दिनुभन्दा सरकारले बाल संरक्षणको जिम्मेवारी लिनुपर्छ : सांसद रानामगर वैदेशिक सहायता धर्मान्तरण तथा नास्तिकता प्रवद्र्धनमा प्रयोग भयोः सांसद ओली खगेन्द्र सुनारको आरोप– विचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन् रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक र जैविक मल प्रवर्द्धन गर्ने सरकारको नीति
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले जिम्बावे ‘ए’लाई दियो १८२ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । टस हारेर ब्याटिङमा उत्रिएको नेपालले जिम्बावे ‘ए’लाई १८२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियू क्रिकेट खेल मैदानमा जारी टी–२० प्रतियोगितमा नेपालले निर्धारीत २० ‌ओभरमा ५ विकेट गुमाउँदै १८१ रन जोडेको हो ।

नेपालका लागि कुशल भुर्तेलले ३१ बलमा ४६ रन जोडे । त्यस्तै रोहित पौडेलले २६ बलमा ३६ रनको योगदान दिए । आशिफ शेख १६ बलमा ९ रन बनाउँदै आउट भए भने दिपेन्द्रसिंह ऐरी १३ बलमा २८ रन जोडे । यस्तै मोहम्मद आदीम आलमले २७ बलमा ४७ रन को योगदान दिए ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेल्न लागेको हो । जिम्बाबेको टोली तीन टी–२० र तीन एकदिवसीय शृंखलाका लागि नेपाल भ्रमणमा छ ।