६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बढुवा निर्णयमा वरीयता मिचिएपछि दुई वरिष्ठ एआईजी अदालत जाँदै



अ+ अ-

काठमाडौँ । सरकारले आफूहरुभन्दा कनिष्ठ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई महानिरीक्षक (आईजीपी) बनाएपछि दुई जना वरिष्ठ अतिरिक्त महानिरीक्षक (एआईजी) अदालत जाने भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले आफूहरुभन्दा १६ महिना कनिष्ठ एआईजी धीरजप्रताप सिंहलाई आईजीपी बनाएपछि वरिष्ठ एआईजीहरु विश्वराज पोखरेल र सहकुल थापा सर्वोच्च अदालत जाने तयारीसँगै परामर्शमा जुटेका छन् ।

अदालत खुल्नासाथ सरकारको निर्णय कार्यान्वयन नगर्न र आफूहरुलाई आईजीपीमा नियुक्त गर्न माग गर्दै रिट दर्ता गर्ने तयारी गरेको बताइएको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले पोखरेललाई २०७७ मङ्सिर २५ मा एआईजीमा बढुवा गरेको थियो । थापा गत असार २४ मा तथा सिंह गत चैतमा एआईजीमा नियुक्त भएका थिए ।