५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान

उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान
अ+ अ-

काठमाडौं । यही ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मनोनयनपत्र दर्ता गराएका उम्मेदवारलाई आज निर्वाचन आयोगले निर्वाचन चिह्न प्रदान गरेको छ ।

निर्वाचन कार्यतालिकाअनुसार यही वैशाख ११ र १२ गते भएको मनोनयनपत्र दर्तामाथि जाँचबुझ, फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशनको प्रक्रिया पूरा भएपछि आज निर्वाचन चिह्न प्रदान गरिएको हो । राष्ट्रिय मान्यताप्राप्त छ वटा, जिल्लागतरूपमा मान्यताप्राप्त विभिन्न दल र स्वतन्त्रतर्फका उम्मेदवारलाई सम्बन्धित पालिकाका निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन चिह्न प्रदान गरेको हो । आयोगको सूचना प्रणालीमा उम्मेदवारहरूको अन्तिम सूची र निर्वाचन चिह्न प्रदानको अवस्थाबारे विवरण प्रविष्टि भइरहेको छ । छवटा महानगर र भक्तपुरको मतपत्र छाप्न बाँकी रहेकाले तीभन्दा अन्य पालिकाका लागि छपाइ भएका मतपत्रको विवरण निर्वाचन आयोगको वेबसाइटमा समावेश गरिएको छ ।

राष्ट्रिय मान्यताप्राप्ततर्फ नेकपा (एमाले)लाई ‘सूर्य’, नेपाली कांग्रेसलाई ‘रुख’, नेकपा (माओवादी केन्द्र)लाई गोलाकारभित्रको ‘हसिया हथौडा’, जनता समाजवादी पार्टीको ‘छाता’, लोकतान्त्रिक समाजवादी पार्टीलाई ‘साइकल’, र नेकपा (एकीकृत समाजवादी)लाई ‘कलम’ चिह्न दिइएको छ । निर्वाचन आयोगमा दर्ता एका ७९ वटा दलमध्ये ६६ वटा दलले उम्मेदवारी दिएका थिए । आयोगले स्थानीय तह निर्वाचनका लागि दल दर्ताका लागि गत फागुन ५ गते सूचना जारी गरेको थियो ।

आयोगको गत चैत १३ गतेको बैठकले देशभरका ७५३ स्थानीय तहको यही वैशाख ३० गते शुक्रबार हुने निर्वाचनमा चुनाव चिह्न निर्धारण गरी मतपत्रमा समावेश गरेको थियो । आयोगले विसं २०७४ को प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त मत सङ्ख्याका आधारमा छवटा राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलको निर्वाचन चिह्न निर्धारण गरिएको हो ।

विसं २०७४ को प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीमा भाग लिएका र स्थानीय तहको निर्वाचनमा भाग लिन आयोगमा दर्ता भई राष्ट्रिय दलको मान्यताप्राप्त नगरेका तर जिल्लामा रही क्रियाशील रहेका सम्बन्धित दललाई आयोगबाट प्रदान गरिसकेका निर्वाचन चिह्न नै प्रदान गरी स्थानीय तह निर्वाचनका लागि तत्तत् जिल्लाका मतपत्रमा समावेश गर्ने निर्णय आयोगबाट भएको थियो ।

प्रमाणित जिल्लागत विवरण समावेश नभएका तर स्थानीय तह निर्वाचनका लागि दर्ता भएका राजनीतिक दलको तर्फबाट खडा हुने उम्मेदवार एवं स्वतन्त्र उम्मेदवारलाई आयोगले निर्धारण गरेको स्वतन्त्र चिह्नको समूहबाट निर्वाचन चिह्न प्रदान गर्ने र स्वतन्त्र चिह्नको समूहमा समावेश गर्ने आयोगको निर्णय थियो ।

स्थानीय तह निर्वाचनमा कूल ७९ दल भाग लिन योग्य रहेकामध्ये छवटा राष्ट्रिय मान्यताप्राप्त दल, २३ वटा अघिल्लो निर्वाचनमा भाग लिएका राजनीतिक दल छन् । त्यस्तै ४० वटा राजनीतिक दलले यसपटकको निर्वाचनमा भाग लिन दर्ता भएका थिए ।

दर्ता भएकामध्ये वैज्ञानिक समाजवादी पार्टी, समाजवादी लोकतान्त्रिक पार्टी, विमूल नेपाल, माओवादी जनमुक्ति पार्टी नेपाल, मितेरी पार्टी नेपाल, राष्ट्रिय समाजवादी पार्टी, नेपाल नौलो जनवादी पार्टी, समावेशी लोकतान्त्रिक पार्टी, सङ्घीय खम्बुवान लोकतान्त्रिक पार्टी, नेपाल आमा पार्टी, लोकदल, नेपालवाद र राष्ट्रिय विकास पार्टीले कुनै पनि पदमा उम्मेदवारी दिएका छैनन् ।