२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बूढानीलकण्ठमा २२ उम्मेदवारको मनोनयन फिर्ता



अ+ अ-

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिकामा २२ उम्मेदवारले मनोनयन फिर्ता लिएका छन् । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको बूढानीलकण्ठमा वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि यही वैशाख ११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेदवारमध्ये २२ उम्मेदवारले शुक्रबार साँझ मनोनयन फिर्ता लिएका हुन् ।

बूढानीलकण्ठ नगरपालिकाका निर्वाचन अधिकृत चमिला भट्टराईले २२ वडाध्यक्ष एवं वडा सदस्यले मनोनयन फिर्ता लिएको जानकारी दिनुभयो । नगरप्रमुख र उपप्रमुखमा भने कसैले उम्मेदवारी फिर्ता लिएका छैनन् । बूढानीलकण्ठ नगरपालिकाको नगरप्रमुखमा १५ र उपप्रमुखमा छ जनाको उम्मेदवारी परेको थियो । बाइस जनाले उम्मेदवारी फिर्ता लिएसँगै अब बूढानीलकण्ठमा ६७ पदका लागि २८६ जना प्रतिस्पर्धामा हुनुहुन्छ ।

बूढानीलकण्ठमा कांग्रेसबाट नगरप्रमुखमा विनोद चालिसे र उपप्रमुखमा रमिला वाग्ले, नेकपा ९एमाले०बाट नगरप्रमुखमा मीठाराम अधिकारी र उपप्रमुखमा अनिता लामा, नेकपा (माओवादी केन्द्र)बाट नगरप्रमुखमा डम्बरप्रसाद अधिकारी र उपप्रमुखमा कमला गौतमले उम्मेदवारी दिनुभएको छ ।

विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा बूढानीलकण्ठ नगरपालिकाको प्रमुखमा एमालेका उद्धव खरेल र उपप्रमुखमा एमालेकै रमादेवी राई निर्वाचित हुनुभएको थियो । उक्त नगरपालिकामा १३ वडा रहेका छन् ।