५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

सुर्खेतमा कांग्रेस–माओवादी केन्द्रबीच तालमेल

सुर्खेतमा कांग्रेस–माओवादी केन्द्रबीच तालमेल
अ+ अ-

सुर्खेत । सुर्खेतमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच चुनावी तालमेल भएको छ । यसअघि सत्ता साझेदार पाँच दलबीच चुनावी तालमेल हुने भनिए पनि अन्ततः कांग्रेस र माओवादी केन्द्रबीच मात्रै गठबन्धन बनेको हो ।

उम्मेदवार मनोनयन फिर्ता लिने दिन शुक्रबार यी दुई दलबीच वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल गरेर जाने सहमति भएको हो । सहमतिअनुसार दुवै दलले उम्मेदवार भागबण्डा गरेसँगै आजदेखि संयुक्त प्रचार अभियानमा जुटेका छन् । मनोनयन दर्ता गर्नुअघि प्रदेशस्तरीय संयन्त्रले कर्णालीका सुर्खेत र रुकुमपश्चिमबाहेकका आठ जिल्लामा गठबन्धनमा आवद्ध दलबीच चुनावी तालमेलका लागि पालिका भागबण्डामा सहमति गरेको तर यी जिल्लाको हकमा प्रदेश संयन्त्रले पालिका भागबण्डा गर्न केन्द्रीय नेतृत्वलाई जिम्मेवारी दिएको थियो । सहमतिमा ढिलाइ हुँदा सुर्खेतमा सत्ता साझेदार दलहरूले अलग–अलग उम्मेदवारी दर्ता गरेका थिए ।

दुई दलबीच भएको सहमतिअनुसार कांगे्रसले वीरेन्द्रनगर, भेरीगङ्गा नगरपालिकाको उपप्रमुख, चौकुने गाउँपालिकाको अध्यक्ष, सिम्ता र बराहताल गाउँपालिकाको उपाध्यक्ष पदमा दिएको उम्मेदवारी फिर्ता लिएको छ । ती पदमा कांग्रेसले माओवादी केन्द्रका उम्मेदवारलाई सघाउनेछ । त्यस्तै माओवादी केन्द्रले वीरेन्द्रनगर, भेरीगङ्गा, गुर्भाकोट, पञ्चपुरी, लेकबेँसी नगरप्रमुख तथा चिंगाड, सिम्ता र बराहताल गाउँपालिका अध्यक्ष पदमा दिएको उम्मेदवारी फिर्ता लिने सहमति भए पनि बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकामा भने फिर्ता लिएको छैन । माओवादी केन्द्रले चौकुने गाउँपालिका उपाध्यक्षमा दिएको उम्मेदवारी पनि फिर्ता लिएको छ । यी दुई दलबीच प्रमुख–उपप्रमुख पदमा भागबण्डा मिले पनि वडा तहमा भने सहमति कायम हुन सकेन । सुर्खेतका ९९ वटै वडामा सबै दल अलग–अलग प्रतिस्पर्धा गर्दैछन् ।

कांग्रेसका जिल्ला सचिव देवकुमार सुवेदीका अनुसार केन्द्र तथा प्रदेशको निर्देशनानुसार तालमेल गरेर जाने सैद्धान्तिक सहमतिअनुसार शुक्रबार दुवै दलका उम्मेदवारले मनोनयन फिर्ता लिएको बताउनुभयो । “सहमतिअनुसार उम्मेदवारी फिर्ता लिने काम दुवै पार्टीबाट भएको छ, सहमतिलाई अब व्यवहारिक पालना गर्न बाँकी छ”, उहाँले भन्नुभयो, “वीरेन्द्रनगरमा संयुक्त चुनावी अभियान सुरु भइसकेको छ, अन्यत्र पनि हुँदै होला ।”

सहमतिअनुसार अब वीरेन्द्रनगरमा कांग्रेस–माओवादी केन्द्रका संयुक्त उम्मेदवार नगरप्रमुखमा उपेन्द्र खड्का र उपप्रमुखमा शान्ति ढकाल हुनुभएको छ । प्रमुखमा कांगे्रसलाई सघाउन माओवादी केन्द्रका उम्मेदवार राजेन्द्रदेव गिरी र उपप्रमुखमा माओवादी केन्द्रका शान्ति ढकाललाई सघाउन कांगे्रसका उपप्रमुखका उम्मेदवार रामकुमारी थापाले मनोनयन फिर्ता लिनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले वीरेन्द्रनगर नगरपालिकामा २५ जनाले उम्मेदवारी फिर्ता लिएको जनाएको छ । मुख्य निर्वाचन अधिकृत डा राजेन्द्रकुमार आचार्यका अनुसार नगरप्रमुखमा माओवादी केन्द्रका राजेन्द्रदेव गिरी, स्वतन्त्रतर्फबाट चिन्तामणि शर्मा पौडेल, सिद्धबहादुर खड्का र फष्टबहादुर हमालले उम्मेदवारी फिर्ता लिनुभएको छ । उपप्रमुखमा कांग्रेसका रामकुमारी थापा र स्वतन्त्रका दीपेन्द्र ढकालले उम्मेदवारी मनोनयन फिर्ता लिनुभएको छ । प्रदेश राजधानी रहेको वीरेन्द्रनगरमा ६७ हजार ५७ मतदाता छन् ।