२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

८ हजार जनाले लिए उम्मेदवारी फिर्ता



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा करिव आठ हजार उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएको जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिव एक लाख ५३ हजार उम्मेदवारी परेकोमा करिव ८ हजारले फिर्ता लिएको जानकारी दिनु भएको हो । उहाँले अहिले उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्ने काम भईरहेको पनि बताउनु भयो । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार शनिबार (आज) अपरान्ह ५ बजेसम्म निर्वाचनका उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ ।

प्रवक्ता पौडेलले भन्नु भयो, ‘उम्मेदवारी फिर्ता लिनेको संख्या करिव ८ हजार छ । एक लाख ५३ हजार उम्मेदवारी परेको थियो भने त्यसमा करिव ८ हजार जति उम्मेदवारले फिर्ता लिएका छन । त्यसमा करिव एक लाख ४५ हजार करिव उम्मेदवार कायम हुने देखिन्छ । आज चुनाव चिन्ह प्रदान हुन्छ ।’

हिजो (शुक्रबार) स्थानीय तह निर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिएको थियो । स्थानीय तह निर्वाचनको आगामी बैशाख ३० गते सम्पन्न हुँदैछ ।