२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषामा १०९ ले फिर्ता लिए उम्मेदवारी



अ+ अ-

जनकपुर । धनुषामा प्रमुखका चार उम्मेदवारसहित १०९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । जिल्लामा प्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य गरी कूल १०९ ले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।

धनुषामा एक उपमहानगर, ११ नगरपालिका र छ गाउँपालिका गरी कूल १८ स्थानीय तहमध्ये उपमहानगरका प्रमुख पदका दुई, नगरपालिकाका दुई प्रमुख र गाउँपालिकाका एक अध्यक्ष पदका उम्मेदवारसहित १०९ जनाले उम्मेदवारी फिर्ता लिएको जनाइएको छ ।

मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जनकपुरधाम उपमहानगरमा उम्मेदवारी दिएकामध्ये प्रमुखका दुईसहित १५ ले उम्मेदवारी फिर्ता लिएको जानकारी दिनुभयो । यहाँ प्रमुख पदमा उम्मेदवारी दिएका वैद्यनाथ साह, नन्दकुमार भगत, उपप्रमुखका उम्मेदवार विश्वनाथ साह सुडी तथा ११ जना वडाध्यक्ष र एक सदस्य पदले मनोनयन फिर्ता लिएका छन् ।

मिथिला नगरमा प्रमुखका दुई उम्मेदवारसहित ११ ले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत दीपक धितालले बताउनुभयो । उहाँका अनुसार प्रमुखमा हरिनारायण महतो र चन्देश्वर महतोले उम्मेदवारी फिर्ता लिनुभएको हो । वडाध्यक्षका पाँच र वडा सदस्यका चारले उम्मेदवारी फिर्ता लिएका छन् ।

धनुषाधाम नगरमा एक उपप्रमुखको उम्मेदवारसहित वडाध्यक्षका दुई तथा सदस्यका चार गरी सातले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विदेह नगरमा वडाध्यक्षका दुई र महिला सदस्यका तीनद्वारा उम्मेदवारी फिर्ता भएको छ ।

हंसपुर नगरमा एक सदस्य र एक दलित सदस्यसहित दुई, सबैला नगरमा छ वडाध्यक्ष र एक वडा सदस्यले उम्मेदवारी फिर्ता लिएको स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् । त्यस्तै क्षीरेश्वरनाथ नगरमा वडाध्यक्षका तीन, सदस्यका चार, दलित महिला सदस्य दुई र महिला सदस्य एक गरी दशले उम्मेदवारी फिर्ता लिएका छन् । सहिदनगर नगरमा वडाध्यक्षका एक, सदस्यका दुई, दलित सदस्य दुई र महिला सदस्य दुईले उम्मेदवारी फिर्ता लिएको जनाइएको छ ।

यस्तै नगराइन नगरमा वडाध्यक्षका चार, सदस्यका सात र महिला सदस्य पदका तीन गरी १४ ले उम्मेदवारी फिर्ता लिनुभएको छ । नगराइन, मिथिला विहारी र कमला नगरमा वडाध्यक्षका एक÷एक जनाले उम्मेदवारी फिर्ता लिनुभएको छ । गणेशमान चारनाथ नगरमा भने तीनले उम्मेदवारी फिर्ता लिएका हुन् ।

बटेश्वर गाउँपालिकामा एक अध्यक्ष, एक वडाध्यक्ष तथा दलित महिला सदस्यका एक उम्मेदवारले फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । धनौजी गाउँपालिकामा अध्यक्षका एक तथा दुई वडाध्यक्षद्वारा उम्मेदवारी फिर्ता लिएका हुन् ।

यस्तै मुखियापट्टी, मुसहरनियाँ गाउँपालिकामा तीन, औरही गाउँपालिकामा तीन वडाध्यक्षसहित सात, लक्ष्मीनियाँ गाउँपालिकामा आठ र जनकनन्दिनी गाउँपालिकामा दुईले उम्मेदवारी फिर्ता लिएका छन् ।