२० माघ २०८१, आईतवार
,
Latest
सागर ग्रुपले आईटी एक्स्पो गर्ने जुनेलो, फापर, गहत फलाउने किसान भएनन् नियमावली संशोधनपछि मात्रै ४३ जलविद्युत कम्पनीको आईपीओ निष्कासन प्रक्रिया अघि बढ्छः कार्यकारी निर्देशक अधिकारी क्यान इन्फोटेक २०२५ माघ २४ गतेदेखि काठमाडौंमा हुने सांसद भट्टराईको प्रश्नः अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेशको बिरोध गर्ने ? बाँकेमा ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिए निजी क्षेत्रको अपेक्षा भन्दा माथि गएर सरकारले नीतिगत सुधारको लागि अध्यादेश ल्यायोः वरिष्ठ उपाध्यक्ष मल्होत्रा नेपालको लगातार तेस्रो हार, नेदरल्यान्डसँग १५ रनले पराजित जिमेल एकाउन्टमा एआई प्रयोग गरेर ह्याक के यो बियोन्सेको समय हो ? सङगीतका ए–लिस्टरहरू ग्रामीका लागि तयार
तपाईं के खोज्दै हुनुहुन्छ ?

आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने सञ्चार माध्यमलाई काउन्सिलको स्पष्टीकरण



अ+ अ-

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि जारी गरिएको निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै प्रेस काउन्सिल नेपालले उल्लङ्घन गर्ने सञ्चार माध्यमलाई स्पष्टीकरणसहित सजग गराएको छ ।

काउन्सिलका उपप्रशाकीय अधिकृत रामशरण बोहराका अनुसार आयोगसँगको सम्झौताअनुसार नियमित अनुगमन गर्दा आचारसंहिता उल्लङ्घन गरेको पाइएको हो ।

आयोगले बिहीबार एभिन्यूज टेलिभिजन काठमाडौंलाई २४ घण्टाभित्र जवाफ दिन लिखित स्पष्टीकरण माग गरेको छ । उम्मेदवारहरूको विगतको कामको प्रसंशासहित तयार गरिएको प्रायोजित रिपोर्ट बारम्बार प्रशारण गरिएको भन्दै काउन्सिलले आचारसंहिता २०७८ को दफा ४ (ङ) र २२ को (ख) उल्लङ्घन भएको जनाएको छ ।

काउन्सिलले बाह्रखरी डट कमलाई पनि तीन दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । सो न्यूज पोर्टलले वैशाख १२ गते ‘एमालेलाई प्रश्न–यौन दुराचारीलाई नै नगरपिता बनाउने हो ?’ शीर्षकमा समाचार सम्प्रेषण गरेको काउन्सिलले जनाएको छ ।

आयोगका उपप्रशासकीय अधिकृत बोहराकाअनुसार बिहीबार लिखित स्पष्टीकरण सोध्दै तीन दिनभित्र जवाफ दिन निर्देशन गरिएको छ । त्यस्तै, काउन्सिलले नेपाल लाइभ डट कमलाई पनि आचारसंहिता उल्लङ्घन गर्नेगरी प्रतिकुल सामग्री सम्प्रेषण नगर्न सचेत गराएको छ ।

सो न्यूज पोर्टलले वैशाख १२ गते ‘ यौन दूराचारको आरोपबारे स्थापितको जवाफ– विवादमै आएन भने त्यो केशव स्थापित हुन्छ र १’ समाचार सम्प्रेषण गरेको थियो ।

सोहीअनुसार इकान्तिपुर डट कमलाई पनि काउन्सिलले आचारसंहिता कार्यान्वयनका निम्ति सजग गराएको छ । बिहीबार लिखित पत्र लेख्दै काउन्सिलले सो सञ्चारगृहलाई सचेत गराएको काउन्सिलका उपप्रशासकीय अधिकृत बोहराले जानकारी दिनुभयो । सो सञ्चार गृहले १२ गते ‘यौन दुव्र्यवहारको प्रश्नमा स्थापितको उत्तर–विवादमा आएन भने केशव स्थापित नै हँुदैन’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।

चार वर्षअघिको अप्रमाणित घटनालाई उठान गरी व्यक्तिको मानहानी हुने काउन्सिलको भनाई छ । त्यस्तै, शिलापत्र डट कमलाई पनि काउन्सिलले तीन दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । सो सञ्चार गृहले १४ गते ‘केशव स्थापितलाई मेयरको टिकट दिएर यौन हिंसा संस्थागत गर्न खोजियो’ शीर्षकमा समाचार सम्प्रेषण गरेको काउन्सिलको भनाई छ ।

सोहीअनुसार नयाँ पत्रिका डेली डट कमलाई पनि काउन्सिलले आचारसंहिता उल्लङ्घन गरेको भन्दै आचारसंहिता कार्यान्वयनप्रति लिखित रुपमा सचेत गराएको छ । सो सञ्चार गृहले १२ गते ‘यौन दुराचार आरोपको विषयमा केशव स्थापितले भने–विवादमा नआउने पनि केशव स्थापित हुन्छ ?’ शीर्षकको समाचार सम्प्रेषण गरेको काउन्सिलको भनाई छ ।

सोहीअनुसार काउन्सिलले बिहीबार मात्र दृष्टिन्यूज डट कम, दबाव साप्ताहिक काठमाडौं, मजदुर दैनिक भक्तपुर, अग्नीपोष्ट डट कम, एसिपिन्यूज नेपाल डट कम, जनबोली डट कम, नेपाल आज डट कम, पर्दाफास डट कम, हिमालपोष्ट डट कम, लेखाजोखा न्यूज डट कम, नारायणीअनलाइन डट कम, नेपालजीन्यूज डट कम, लोकपाटी डट कम, मूलखबर डट कम, अर्थडबली डट कम, खबरप्रवाह डट कम, दैनिकीन्यूज डट कम, चित्रवनखबर डट कम लाई आचारसंहिता उल्लङ्घन नगर्न नगराउन काउन्सिलले सचेत गराएको छ ।