५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

उम्मेदवारलाई डर, त्रास र धम्की दिनु निर्वाचनजन्य कसूर

उम्मेदवारलाई डर, त्रास र धम्की दिनु निर्वाचनजन्य कसूर
अ+ अ-

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा उम्मेदवारी दर्ताको मनोनयन गराएका उम्मेदवारलाई मनोनयन फिर्ता गराउन डर, धाक, धम्की, धरपकड र प्रलोभन नदेखाउन निर्वाचन आयोगले सम्बद्ध सबै दललाई आग्रह गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै आयोगले सो आग्रह गरेको हो ।

यस्ता गतिविधिले संविधान र प्रचलित कानून बमोजिम योग्यता पूगेका कुनै पनि नेपाली नागरिकले राजनीतिमा भाग लिन, उम्मेदवारी दर्ता गर्न, निर्वाचित हुन र शासकीय प्रणालीमा संलग्न हुन पाउने नैसर्गिक संवैधानिक एवम् कानूनी अधिकार कुण्ठित हुन जाने आयोगको भनाई छ । यस्ता हर्कत् नगर्न नगराउन आयोगले सरोकारवालाहरू सबैप्रति आग्रह गरेको छ ।

उम्मेदवारी फिर्ता लिन इच्छा लागेमा राजीखुसीले लिखित सूचना दिएमा उम्मेदवारी फिर्ता हुन सक्ने ऐन नियममा व्यवस्था रहेको आयोगले प्रष्ट पारेको छ । त्यसैगरी कुनै दलकोतर्फबाट मनोनयनपत्र दर्ता भएको उम्मेदवारको हकमा तोकिएको पदाधिकारीले नाम फिर्ता लिनेगरी लिखित रूपमा लेखी पठाएमा पनि उम्मेदवारको नाम फिर्ता हुने आयोगले बताएको छ । सो बाहेक अन्य कुनै पनि अवस्थामा उम्मेदवारी फिर्ता नहुने आयोगले प्रष्ट पारेको छ ।

‘निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्ने संवैधानिक दायित्व पूरा गर्न आयोग कटिवद्ध भएर अहोरात्र खटिराखेको छ’ विज्ञप्तिमा भनिएको छ, ‘सम्पूर्ण राजनीतिक दल, उम्मेदवारलाई संविधान र कानूनको पूर्णपरिपालना गर्न, गराउन र मनोनयन दर्ता गरिसकेका स्वतन्त्र उम्मेदवारहरूलाई आफ्नो मनोनयन फिर्ता गर्ने वा नगर्ने भन्ने सम्बन्धमा उम्मेदवारलाई डर, त्रास र धम्की दिनु निर्वाचनजन्य कसूर निजहरूको स्वविवेकीय अधिकारको सम्मान गर्न आग्रह गर्दछौँ ।’ नेपालको संविधान, स्थानीय तह निर्वाचन ऐन, २०७३, स्थानीय तह निर्वाचन नियमावली, २०७३, स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ एवम् निर्वाचनसम्बन्धी प्रचलित कानूनको प्रयोग र पालनामा इमान्दार हुन पनि सम्बद्ध सबैमा आयोगले आग्रह गरेको छ ।

‘राजनीतिक दल, उम्मेदवार वा दलको भ्रातृ संगठनले कुनै उम्मेदवार वा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास र धम्की दिनु निर्वाचनजन्य कसूर तथा आचारसंहिता विपरीत कार्य भएकोले यस्ता कार्य कुनै पनि हालतमा नदोहो¥याउन स्मरण गराउँदै लोकतन्त्र र नागरिक अधिकारको सम्मान गर्न समेत निर्वाचन आयोग हार्दिक आग्रह गर्दछ’ आयोगका प्रवक्ता तथा सह–सचिव शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।