२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सम्पूर्ण हिसाबले कुहिएपछि नयाँ पार्टी खोल्यौँ – माधव नेपाल



file photo
अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले सम्पूर्ण हिसाबले कुहिएपछि नयाँ पार्टी खोल्नुपरेको प्रतिक्रिया दिएका छन् ।

नेकपा एससँग माओवादीबाट बहिर्गमित पूर्वलडाकाहरूसँग पार्टी एकता कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

उनले भने,‘पुरानो पार्टी सबै हिसाबले कुहिने, दक्षिणपन्थी भासमा भासिने, व्यक्तिवादको अत्यन्तै दलदलमा फस्ने र सबै हिसाबले कम्युनिस्ट आदर्शलाई परित्याग गर्ने स्थितिमा पुगिसकेपछि हामीले कम्युनिस्ट आन्दोलनको रक्षा गर्न र नेपाली समाजको आमूल परिवर्तन गर्ने उद्देश्यलाई पूरा गर्न हामीले नेकपा एस गठन गरेका हौँ ।’

आफ्नो पार्टीले छोटो समयमै धेरै सफलता हासिल गरेको उनको दाबी छ ।