११ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै रसुवा बाढीः कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन भारत सरकारबाट प्राप्त राहत सामग्री औपचारिक रूपमा ग्रहण भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन बाढी प्रभावित अपर त्रिशूली–३ ‘ए’ आयोजनामा नेपाली सेनाको हेलिकप्टर अवतरण, उद्धार तथा विद्युत् पुनर्स्थापना तीव्र आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु रसुवा बाढी : उद्धारका लागि १५ भन्दा बढी उडान, ११६ जनाको उद्धार रास्वपा सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु बाढी प्रभावित क्षेत्रबाट १२३ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सम्पूर्ण हिसाबले कुहिएपछि नयाँ पार्टी खोल्यौँ – माधव नेपाल



file photo
अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले सम्पूर्ण हिसाबले कुहिएपछि नयाँ पार्टी खोल्नुपरेको प्रतिक्रिया दिएका छन् ।

नेकपा एससँग माओवादीबाट बहिर्गमित पूर्वलडाकाहरूसँग पार्टी एकता कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

उनले भने,‘पुरानो पार्टी सबै हिसाबले कुहिने, दक्षिणपन्थी भासमा भासिने, व्यक्तिवादको अत्यन्तै दलदलमा फस्ने र सबै हिसाबले कम्युनिस्ट आदर्शलाई परित्याग गर्ने स्थितिमा पुगिसकेपछि हामीले कम्युनिस्ट आन्दोलनको रक्षा गर्न र नेपाली समाजको आमूल परिवर्तन गर्ने उद्देश्यलाई पूरा गर्न हामीले नेकपा एस गठन गरेका हौँ ।’

आफ्नो पार्टीले छोटो समयमै धेरै सफलता हासिल गरेको उनको दाबी छ ।