५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

उम्मेदवारी फिर्ता गराउन, डर, धाक, धम्की, धरपकड र प्रलोभन नदेखाउ– निर्वाचन आयोग

उम्मेदवारी फिर्ता गराउन, डर, धाक, धम्की, धरपकड र प्रलोभन नदेखाउ– निर्वाचन आयोग
अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारको मनोनयन फिर्ता गराउन डर, धाक, धम्की, धरपकड र प्रलोभन नदेखाउन आग्रह गरेको छ ।

त्यस्ता गतिविधि भइरहेको सूचना प्राप्त भएकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ भन्दै आयोगले यस्ता गतिविधिले संविधान र प्रचलित कानूनबमोजिम योग्यता पुगेका कुनै पनि नेपाली नागरिकले राजनीतिमा भाग लिन, उम्मेदवारी दर्ता गर्न, निर्वाचित हुन र शासकीय प्रणालीमा संलग्न हुन पाउने नैसर्गिक संवैधानिक एवं कानूनी अधिकार कुण्ठित हुन जाने उल्लेख गरेको छ ।

आयोगले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनलाई प्रभाव पार्ने यस्ता गतिविधि जुनसुकै प्रकृति र मात्राका भए पनि त्यसले संविधान, कानून र लोकतन्त्रमाथि आघात पुर्याउने भएकाले यस्ता हर्क नगर्न नगराउन सरोकारवाहरु सबैप्रति आग्रह गरेको छ ।

कुनै दलको तर्फबाट मनोनयनपत्र दर्ता भएको उम्मेदवारको हकमा तोकिएको पदाधिकारीले नाम फिर्ता लिने गरी लिखितरुपमा लेखी पठाएमा पनि उम्मेदवारको नाम फिर्ता हुने स्पष्ट भएको हुँदा सो बाहेकका अन्य कुनै पनि अवस्थामा उम्मेदवारी फिर्ता नहुने आयोगले स्पष्ट गरेको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्ने संवैधानिक दायित्व पूरा गर्न आयोग कटिबद्ध भएर अहोरात्र खटिराखेको आयोगले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “राजनीतिक दल, उम्मेदवार वा दलको भ्रातृ संगठनले कुनै उम्मेदवार वा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास र धम्की दिनु निर्वाचनजन्य कसूर तथा आचारसंहिता विपरीत कार्य भएकाले यस्ता कार्य कुनै पनि हालतमा नदोहोर्याउन स्मरण गराउँदै लोकतन्त्र र नागरिक अधिकारको सम्मान गर्न समेत निर्वाचन आयोग हार्दिक आग्रह गर्दछ । ”

१६ वैशाख, काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारको मनोनयन फिर्ता गराउन डर, धाक, धम्की नदिन र धरपकड नगर्न आग्रह गरेको छ ।

शुक्रबार दिउँसो एक विज्ञप्ति जारी गरी आयोगले कतिपय उम्मेदवारलाई मनोनयन फिर्ता गराउन डर, धाक, धम्की, प्रलोभन र धरपकड गरेको सूचना आएको भन्दै यस्ता गतिविधि नगर्न सरोकारवालालाई आग्रह गरेको हो ।

आयोगले उम्मेदवारले आफूलाई फिर्ता लिन इच्छा लागेमा राजीखुसीले लिखित सूचना दिएमा उम्मेदवारी फिर्ता हुन सक्ने बताएको छ ।

संविधान र कानुन बमोजिम योग्यता पुगेका नेपाली नागरिकले राजनीतिमा भाग लिन, उम्मेदवारी दर्ता गर्न, निर्वाचित हुन र शासकीय प्रणालीमा संलग्न हुन पाउने नैसर्गिक अधिकार रहेको भन्दै आयोगले उम्मेदवारलाई धाक, धम्की र प्रलोन दिनु लोकतन्त्रमाथिकै आघात भएको बताएको छ ।

उम्मेदवार वा तिनका परिवारलाई धम्की दिनु निर्वाचनजन्य कसुर र आचारसंहिता विपरीत हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।