• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   सुदूरपश्चिम सरकार छाड्न नाउपा अध्यक्ष रञ्जिताद्वारा लिखित निर्देशन ★   आयरल्यान्ड ‘ए’ सँग नेपाल ‘ए’ २१ रनले पराजित ★   संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन कार्यान्वयनमा जाने ढोका खुलेको छ: प्रधानमन्त्री दाहाल ★   आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको सानदार शतक ★   आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको अर्धशतक ★   विश्वकै लामो फिल्म, जसलाई हेर्न ३ दिन बढी समय लाग्ने ★   धैरे पटक चुनाव हारेर रेकर्डः २३८ पटक चुनाव लडेर हारेका नेताजी फेरि चुनाव लड्दै ★   झापा पुगेर गृहमन्त्रीले भने- पीडकसँग प्रशासन-प्रहरीको हिमचिम अन्त्य हुनैपर्छ ★   देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन: प्रधानमन्त्री दाहाल ★   आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ लाई दियो २२३ रनको विशाल लक्ष्य

मतपत्र च्यात्ने, चपाउने र बत्ती निभाउने प्रयास नगर्न प्रमुख निर्वाचन आयुक्त थपलियाको चेतावनी



काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतपत्र च्यात्ने र चपाउने प्रयास नगर्न दलहरुलाई चेतावनी दिनु भएको छ ।

राष्ट्रिय तथा जिल्लास्तरीय निर्वाचन पर्यवेक्षकहरुका लागि आज राजधानीमा आयोजित अभिमुखीकरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो, “यो वर्षको मतपत्र अलि कडा खालको छ, च्यात्ने चपाउने कोशिश नगर्नु होला ।”

नेपाल कानुन समाज, आम निर्वाचन पर्यवेक्षण समिति र स्थानीय सरकार सवलीकरणले आयोजना गरेको कार्यक्रममा प्रमुख आयुक्त थपलियाले भन्नुभयो, “मतपत्र च्यात्ने र चपाउने मात्र होइन बत्ती निभाउने प्रयास पनि नगर्नु होला । सबै स्वीचमा आयोगको हात पुग्दैन, लोकतन्त्र मान्ने दलहरुले गैर लोकतान्त्रिक चरित्र प्रदर्शन गर्नु हुँदैन ।”

२०७४ सालको स्थानीय चुनावमा भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएको र चपाइएकाले यस पटक पनि त्यस्तै हुने अनुमानका आधारमा चौतर्फी आशंका उत्पन्न भइरहेका बेला प्रमुख निर्वाचन आयुक्त थपलियाले उक्त धारणा सार्वजनिक गर्नु भएको हो ।

प्रमुख आयुक्त थपलियाले संविधानले दिएको अधिकार चुन्न र चुनिन पाउने हक हनन् गर्न नहुने भन्दै उम्मेदवारलाई नै डर, धाकधम्की, प्रलोभन दिएका सूचना आयोगलाई प्राप्त भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “चुन्न र चुनिन पाउने अधिकार कुण्ठित गर्न हुँदैन, उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने धम्की किमार्थ स्वीकार्य छैन ।”

प्रमुख आयुक्त थपलियाले आयोगले यस पटक उम्मेदवारीमा लचकता र प्रचार प्रसारमा कडाइ गरेको बताउँदै भन्नुभयो, “प्रचारका लागि प्रयोग हुने रंग, कपडा, कागज सबै बाहिरबाट आउँछ , देशको आर्थिक अवस्थाका बारेमा सबै जानकार नै हुनुहुन्छ । किन यस्त कार्यमा खर्च गर्ने ?”

उहाँले सामाजिक सञ्जालमा असामाजिक कृत्य हुने गरेको भन्दै त्यसलाई पनि आयोगले गम्भीरतापूर्बक हेरेको बताउनु भयो । प्रम्ुख आयुक्त थपलियाले उम्मेदवारी दर्ता गराउँदा दलहरुले बल मिच्याइ गरेकामा दुःख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “एकै दलले प्रमुख र उपप्रमुखमा पुरुष उठाएको पनि देखियो । आयोगले केही ठाउँका दुबै उम्मेदवारको मनोनयन बदर गरेको छ । ”


कार्यक्रममा प्रमुख आयुक्त थपलियाले निर्वाचन पर्यवेक्षकहरुलाई उम्मेदबार, दल, मतदाता सँगै आयोगको पनि पर्यवेक्षण गर्न आग्रह गनुृभयो । उहाँले भन्नुभयो, “निर्वाचन त हुन्छ तर कसैले पनि बैधतामा प्रश्न उठाउने खालको हुनु हुँदैन ।”

कार्यक्रममा पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठले निर्वाचन पर्यवेक्षण आवश्यक हो भने राज्यले नै आर्थिक तथा भौतिक सहयोग गर्नुपर्ने सुझाब दिनुभयो । उहाँले भन्नुभयो, “यो विषय नागरिकस्तरको मात्र हो कि सरकार र आयोगको विषय पनि हो ?”

कार्यक्रममा पूर्व प्रधानन्यायाधीश शुसीला कार्कीले नागरिकले निर्वाचनको महत्व बुझ्न नसकेको हो कि भन्दै सचेतना आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जनताबाट पनि त्रुटि देखिन्छ, अनेकन हत्कण्डा अपनाएर बत्ती निभाएर मतपत्र च्यातेर जसरी पनि जित्ने प्रवृत्ति रोकिनु पर्छ ।”

कार्यक्रममा नेपाल कानुन समाजका अध्यक्ष तीर्थमान शाक्यले निर्वाचनलाई नागरिकले अपनत्व महशुस गर्ने खालको हुनु पर्ने बताउनु भयो ।

कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले निर्वाचनका बेला नागरिकका क्षेत्रबाट हुने पर्यवेक्षण र यसको प्रभावकारिताका बारेमा जानकारी गराउनु भएको थियो ।