३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेश आन्दोलनप्रति राज्यले वैरभाव राख्यो– महन्थ ठाकुर



अ+ अ-

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले परिवर्तन र अधिकारका खातिर गरिएको मधेश आन्दोलनप्रति राज्यले वैरभाव राखेको बताउनुभएको छ ।

यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि शुक्रबार पार्टीको घोषणापत्र सार्वजनिक कार्यक्रममा उहाँले मधेश आन्दोलनका अगुवाहरूलाई राज्यले अहिले पनि झूटो आरोपमा जेलमा राखेको आरोप लगाउनुभयो ।

संविधान जारी गर्दा सहमति गरेको कुरा संविधानमा नआएको भन्दै उहाँले भन्नुभयो, “त्यसमा हाम्रो कुरा नसुनिएपछि सडकमा आयौँ, छ महिनासम्म आन्दोलन गर्यौँ, आन्दोलनका अगुवाहरु अहिले पनि जेलमा छन्, सांसद नै जेलमा छन्, राज्यले झुटो आरोप लगाएर फसाएको छ ।”

मधेश आन्दोलनका बारेमा विभिन्न मानवअधिकारवादी संस्थाहरुको प्रतिवेदनमा पनि राज्यले ज्यादति गरेको उल्लेख गरिएको उहाँको भनाइ थियो ।

आफ्नो मागमा आन्दोलनको अध्ययन गर्न निष्पक्ष छानबिन गर्न आयोग बने पनि अहिलेसम्म सरकारले त्यसको प्रतिवेदन सार्वजनिक नगरेको उहाँले बताउनुभयो ।