२६ फाल्गुन २०८१, सोमबार
March 10, 2025 Monday

22.27°C

काठमाडौं

22.27°C

Kathmandu

Feels-like: 21.75

Wind: 2.06

Humidity: 46

Latest
चैत १ गतेदेखि भृकुटीमण्डपमा ‘पुष्प मेला’ सरकारको कुशासनको फाइदा उठाएर व्यवस्थाबिरोधी अभियान चलाइयोः माओवादी केन्द्र ट्रुडोको उत्तराधिकारीका रूपमा कार्नी निर्वाचित बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता गर्न युक्रेन तयार प्रधानमन्त्री कप क्रिकेट: पुलिस क्लबद्वारा लुम्बिनीसामु २५० रनको लक्ष्य परराष्ट्रमन्त्री राणा धार्मिक भ्रमणका लागि भारत प्रस्थान राप्रपाले काठमाडौँ महानगरलाई बुझायो १ लाख जरिवाना मुलुकमा आन्तरिक रोजगारी अभिवृद्धि गर्न उद्यमशीलतालाई प्राथमिकतामा राखेका छौँः प्रधानमन्त्री प्रधानमन्त्री कप क्रिकेटः आर्मीले बागमतीलाई २६३ रनको लक्ष्य दियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तारुढ दलको गठबन्धन निर्वाचनकै मजाक– राजेन्द्र महतो (भिडियोसहित)



file
अ+ अ-

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र महतोले निर्वाचनकै मजाक हुनेगरी सत्तारुढ दलहरुले चुनावी गठबन्धन गरेको टिप्पणी गर्नु भएको छ ।

नेता महतोले निर्वाचनमा जनताले पार्टीलाई मत दिने भएपनि सत्तारुढ दलहरुले गठबन्धनको नाममा चुनाव लडेर गल्ती गरेको आरोप समेत लगाउनु भयो । शुक्रबार काठमाडौंमा पार्टीको स्थानीय तह चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सत्तारुढ दलहरु चुनावमा जाँदा जनताले कुन पार्टी भनेर बुझ्ने भन्ने प्रश्न समेत गर्नु भयो ।

देश र दुनियाँले नबुझ्ने गरी सत्तारुढ दलहरुले गठबन्धन बनाएर चुनावमा गएको नेता महतोको भनाई थियो । उहाँले भन्नु भयो, ‘जनतासँग मजाक भईरहेको छ । यहाँका ठूलाबडा पार्टीहरुले जनतासँग गठबन्धन भनेर मजाक गरेको हो । यो चुनाव भनेको जनताले आफूले रोजेको पार्टीलाई भोट दिने होईन ? विभिन्न पार्टीप्रति आफ्नो अभिव्यक्ति दिने हो । निर्वाचन त्यसका लागि गरिन्छ । यहाँ गठबन्धन भनेर कुन पार्टीको कुरा आईरहेको छ ? सरकारी पार्टीहरुले जुन गठबन्धन गरेका छन, त्यो कुन पार्टीको मान्यता हो ? कुन पार्टीको मत भनेर जनताले बुझ्ने हो । देश र दुनियाँले के बुझ्ने हो ? त्यसैले जनताले पार्टीको आधारमा चुनाव गराउने हो भने काँग्रेस पार्टीलाई कुन पालिका, कुन वडामा जनताले कति भोट दियो, माओवादी पार्टी, जसपा पार्टी, यी पार्टीहरुलाई जनताले कसरी समर्थन ग¥यो भनेर कसरी बुझने हो ? दलीय सिष्टम हो त्यो ? त्यसैले स्थानीय तह गठबन्धन गरेर जनताको मत कहाँ दियो, त्यो पनि पत्तो लाग्न नदिने प्रक्रिया निर्माण गरियो । त्यो गलत ग¥यो क्या । हामी यही मान्यताको आधारमा गठबन्धन गर्नुपर्छ भनेर गएनौं । स्थानीय पार्टीले सकिन्छ भने गठबन्धन गर्न सक्छन । तर हामीले धेरै महत्व दिएका छैनौं ।’

नेता महतोले दलीय सिष्टममा दलहरु आफैं निर्वाचनमा जाने भएकाले आफ्नो पार्टीले गठबन्धन गरेर जाने विषयलाई महत्व नदिएको तर्क गर्नु भयो । उहाँले स्थानीय तहमा आवश्यक्ताको आधारमा अन्य दलसँग चुनावी तालमेल गरेर जाने निर्णय गर्ने अधिकार स्थानीय पार्टीलाई दिइएको पनि उल्लेख गर्नु भयो ।