११ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन वैकल्पिक लाइनबाट नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भोटेकोशी बाढीपीडितका लागि कांग्रेसद्वारा सहयोग अभियान भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो निजी हेलिकप्टर उडानमा कडाइ, सरकारी समन्वयबिना खोज तथा उद्धार नगर्न निर्देशन बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल परिवार दलका विष्णुकुमारी विकको उम्मेदवारी रद्द



अ+ अ-

सुदूरपश्चिम । आसन्न स्थानीय तहको निर्वाचनका लागि धनगढी उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिनुभएका नेपाल परिवार दलका विष्णुकुमारी विकको उम्मेदवारी रद्द भएको छ ।

समानुपातिकको बन्द सूचीमा नाम समावेश भएकाले उहाँको उम्मेदवारी रद्द भएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश जयानन्द पनेरुले जानकारी दिनुभयो । यसैगरी वडा नं ५ बाट नेकपा (माओवादी केन्द्र)को तर्फबाट दलित महिला सदस्यमा उम्मेदवारी दिनुभएका लक्ष्मी उखेडा, वडा नं ४ बाट महिला सदस्यमा उम्मेदवारी दिनुभएका नेकपा ९एकीकृत समाजवादी०का पार्वतीदेवी भाट, वडा नं ६ बाट राप्रपाको तर्फबाट वडा सदस्यमा उम्मेदवारी दिनुभएका सूर्यलाल डगौँराको उम्मेदवारी रद्द भएको छ ।

वडा नं ६ को वडाध्यक्षमा उम्मेदवारी दिनुभएका नेकपा एकीकृत समाजवादीका दिलीपराज भण्डारीको उम्मेदवारी पनि रद्द भएको छ । वडा नं ७ को सदस्यमा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट उम्मेदवारी दिनुभएका झगरु राना र वडा नं १९ बाट नेपाली कांग्रेसको तर्फबाट दलित महिला सदस्यमा उम्मेदवारी दिनुभएका देवी स्नेहीको समेत उम्मेदवारी रद्द भएको छ ।

सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीको प्रमुखमा नेपाली कांग्रेसका नृपबहादुर ओड, नेकपा ९एमाले०का रणबहादुर चन्द, राष्ट्रिय जनमोर्चाका अञ्जना श्रेष्ठ, जनता समाजवादी पार्टीका कवीन्द्र ऐर, नागरिक उन्मुक्ति पार्टीका नीमकुमार चौधरी, लोकतान्त्रिक समाजवादीका वसन्तबहादुर विश्वकर्मा र सचेत पार्टी नेपालका भारती थापा उम्मेदवार हुनुहुन्छ ।

प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिनेमा गोपाल हमाल, उद्धवराज पन्त र मदनकृष्ण भट्ट हुनुहुन्छ । उपप्रमुखको उम्मेदवारी दिनेमा नेकपा (माओवादी केन्द्र)का शान्तिकुमारी अधिकारी क्षेत्री, एमालेका कन्दकला रानाथारु, विवेकशील साझा पार्टीका विमला पन्त, नागरिक उन्मुक्ति पार्टीका सावित्री देवी चौधरी, राप्रपाका दुर्गादत्त पन्त र स्वतन्त्र प्रभाकर भण्डारी हुनुहुन्छ ।

जिल्लाको पूर्वी क्षेत्रको लम्कीचुहा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका दुई जनामध्ये सुशीला शाहीको उम्मेदवारी कायम गरी भक्तबहादुर थापाको उम्मेदवारी रद्द गरिएको छ ।

सो पार्टीले आधिकारिक उम्मेदवार यकीन गरी पठाएकाले थापाको उम्मेदवारी रद्द गरिएको निर्वाचन अधिकृत हिरालाल चौधरीले जानकारी दिनुभयो । यस्तै नेकपा ९माओवादी केन्द्र०का तर्फबाट सो नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिनुभएका धीरेन्द्र रावलको उम्मेदवारी पार्टीगतरुपमा आधिकारिक नभएपछि रद्द गर्नुपरेको चौधरीले बताउनुभयो । सो नगरपालिको खुला सदस्यका एक उम्मेदवारको पनि उम्मेदवारी रद्द भएको छ ।

जिल्लाको गोदावरी नगरपालिकाको विभिन्न पदमा उम्मेदवारी दिनेमध्ये नौ जनाको उम्मेदवारी रद्द भएको निर्वाचन अधिकृत राजेन्द्रसिंह भण्डारीले बताउनुभयो । १२ वडा रहेको सो नगरपालिकाको प्रमुखमा नौ जना, उप्रमुखमा पाँच, वडाध्यक्षमा ६९, सदस्यमा २२४ जनाले उम्मेदवारी दिनुभएको छ ।

स्वतन्त्र : ६९ जना

१९ वडा रहेको उपमहानगरपालिकाका प्रमुखमा तीन, उपप्रमुखमा एक जना स्वतन्त्र उम्मेदवार छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सबै वडामा गरी वडाध्यक्ष र सदस्य गरेर थप ६५ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । वडाध्यक्ष र सदस्यका सबैभन्दा बढी स्वतन्त्र उम्मेदवार ५, १४ र १९ नं वडामा छन् । वडा नं ६, १० र १८ का वडाध्यक्ष र सदस्य पदमा स्वतन्त्र उम्मेदवारी परेको छैन । प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य गरी सबै वडामा विभिन्न दल र स्वतन्त्रसमेत गरी ६१९ ले उम्मेदवारी दिनुभएको छ ।