५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

आगलागीपीडित परिवारलाई गाँसबासको समस्या

आगलागीपीडित परिवारलाई गाँसबासको समस्या
(सांकेतिक तस्बिर)
अ+ अ-

सर्लाही । सर्लाहीको धनकौलमा केही साताअघि भएको आगलागीका पीडित परिवारलाई गाँसबासको समस्या भएको छ  । धनकौल गाउँपालिका–५ हरकठवाका १३ विपन्न पासवान समुदायको परिवारमा दैजिक गुजारा र सुृरक्षित बासको समस्या परेको हो ।
देशव्यापी स्थानीय निकायको निर्वाचनको चहलपहल चलिरहँदा आगलागीबाट घरविहीन भएका परिवारप्रति कसैको चासो पुगेको देखिँदैन । आगलागीबाट घर–बास गुमाएका पासवान परिवार त्रिपालमुनी रात बिताउन बाध्य भएका छन् ।

जिल्लास्थित राजनैतिक दलहरु तथा तीनका कुनै पनि नेताहरुको ध्यान पुगेको छैन । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैर सरकारी संस्थाहरुले केही खाद्यान्न र गाउँपालिकाले दिएको एक थान त्रिपालको भरमा गुजारा चलाउनुपरेको आगलागी पीडितको गुनासो छ ।
दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका आफुहरु आगलागीपछि खुला आकासमुनि आइपुगेको स्थानीय रवि पासवनाले बताउनुभयो । उहाँका अनुसार हरकठवाका १३ विपन्न पासवान परिवारको बिचल्ली अवस्था रहेको छ । आफूसँग भएका अन्नपात, लत्ताकपडा र फुसका झुपडी जलेर खरानी भएपछि दैनिकी चलाउनसमेत मुस्किल परिरहेको पीडित लीलावती देवी पासवानले गुनासो गर्नुभयो ।

त्रिपाल टाँगेर बस्दै आएका उनीहरू बर्खायाम सुरुहुन लागेकाले थप चिन्तित बनेका छन् । “घर खरानी भयो” पीडित लीलावतीले भन्नुभयो “हामी दैनिक ज्याला मजदुरी गरेर जसोतसो परिवार पालिरहेका छौँ । अब कसरी घर बनाउनु ? बर्षातको समय आउन लाग्यो । यसरी त्रिपालमुनी लालाबाला कसरी जोगाउनु ?”
देशभर निर्वाचनको चहलपहल सुरु भएको अवस्थामा आफुहरुलाई बिहान बेलुका के खाने चिन्ता भएको पीडितको गुनासो छ । गगनदेव पासवानले “नेता फेरी भोट माग्न आउने होलान्, आफुहरुको दुःखमा कोही आएनन्, अब भोट किन दिनु लाग्न थालिसक्यो ।” उनीहरुलाई बर्षात्को समय आउन लागेकाले परिवारलाई कसरी जोगाउने भन्ने चिन्ता बढ्दै गएको छ ।

पालमुनि बसेर दैनिकी कटाउन मुस्किल परेको आगलागीपीडितको गुनासो छ । आगलागीबाट प्रदीप पासवान, रामवली पासवान, जवाहिर पासवान, शीतल पासवान, बिकाउ पासवान, जितन पासवान, रामविश्वास पासवान, गगनदेव पासवान, नन्दकिशोर पासवान, सरफलाल पासवान, राकेश साह, रामनाथ पासवान र मचिन्दर पासवानको घर पूर्णरूपमा जलेर नष्ट भएको धनकौल ५ का वडाध्यक्ष गजेन्द्र महतोले जानकारी दिनुभयो ।

अग्निपीडिका सामू दैनिक गुजारा चलाउनेदेखि पुनर्बासको ठूलो समस्या देखिएको र गाउँपालिकाले खाद्यान्न तथा त्रिपाल वितरण सहयोग गरिसकेकाले थप सहयोग गर्न नसकिने धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साहले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले आगलागीबाट घरबारविहीन भएका परिवारलाई प्रतिपरिवार २५ किलो चामल, दाल, चिउरा, तेल, ग्यास सिलिन्डर र चुलो तथा केही भाँडा सहयोग गरेको छ । “उनीहरूलाई तत्कालका लागि कम्बल र त्रिपालसमेत वितरण गरिसकेका छौँ” साहले भन्नुभयो । उहाँले घरखर्चवापत प्रति परिवार रु ५ हजारका दरले नगदसमेत दिएको बताउनुभयो ।

गाउँपालिकासँग विपद् व्यावस्थापन कोषमा धेरै रकम नभएकाले थप सहयोग गर्न असमर्थ रहेको साहले बताउनुभयो । आगलागी पीडितहरूको दीर्घकालीन व्यवस्थापनमा पालिका आफैँ लाग्नुपर्ने सर्लाहीका प्रमुख जिल्ला अधिकारी एवम विपद् व्यवस्थापन समितिका संयोजक थानेश्वर गौतमले बताउनुभयो । “जिल्लास्थित ब्यवस्थापन समितिसँग उनीहरूलाई घरबास व्यवस्थापन, सुरक्षित गर्ने योजना र बजेट हुँदैन, गाउँपालिका आफैँ सरकार हो, उसले ब्यवस्थापन गर्नुपर्छ” उहाँले भन्नुभयोे ।

उहाँका अनुसार अन्य दातृ संघ/संस्थासँगको सहयोगमा खाद्यान्न, लत्ताकपडासमेत वितरण गरिएको छ । बर्षातको समय सुरुहुन लागेकाले आगलागी पीडितलाई समयमै सुरक्षित आवासमा फर्काउन स्थानीय सरकारलेनै पहल गर्नुपर्ने प्रजिअ गौतमले बताउनुभयो ।