• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   तिलगंगा आँखा अस्पताल अब विश्वविद्यालय ! ★   लगातार दोस्रो जितसहित अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दाहालको गितार उपहार ★   लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता ★   कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते ★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा

आगलागीपीडित परिवारलाई गाँसबासको समस्या



(सांकेतिक तस्बिर)

सर्लाही । सर्लाहीको धनकौलमा केही साताअघि भएको आगलागीका पीडित परिवारलाई गाँसबासको समस्या भएको छ  । धनकौल गाउँपालिका–५ हरकठवाका १३ विपन्न पासवान समुदायको परिवारमा दैजिक गुजारा र सुृरक्षित बासको समस्या परेको हो ।
देशव्यापी स्थानीय निकायको निर्वाचनको चहलपहल चलिरहँदा आगलागीबाट घरविहीन भएका परिवारप्रति कसैको चासो पुगेको देखिँदैन । आगलागीबाट घर–बास गुमाएका पासवान परिवार त्रिपालमुनी रात बिताउन बाध्य भएका छन् ।

जिल्लास्थित राजनैतिक दलहरु तथा तीनका कुनै पनि नेताहरुको ध्यान पुगेको छैन । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैर सरकारी संस्थाहरुले केही खाद्यान्न र गाउँपालिकाले दिएको एक थान त्रिपालको भरमा गुजारा चलाउनुपरेको आगलागी पीडितको गुनासो छ ।
दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका आफुहरु आगलागीपछि खुला आकासमुनि आइपुगेको स्थानीय रवि पासवनाले बताउनुभयो । उहाँका अनुसार हरकठवाका १३ विपन्न पासवान परिवारको बिचल्ली अवस्था रहेको छ । आफूसँग भएका अन्नपात, लत्ताकपडा र फुसका झुपडी जलेर खरानी भएपछि दैनिकी चलाउनसमेत मुस्किल परिरहेको पीडित लीलावती देवी पासवानले गुनासो गर्नुभयो ।

त्रिपाल टाँगेर बस्दै आएका उनीहरू बर्खायाम सुरुहुन लागेकाले थप चिन्तित बनेका छन् । “घर खरानी भयो” पीडित लीलावतीले भन्नुभयो “हामी दैनिक ज्याला मजदुरी गरेर जसोतसो परिवार पालिरहेका छौँ । अब कसरी घर बनाउनु ? बर्षातको समय आउन लाग्यो । यसरी त्रिपालमुनी लालाबाला कसरी जोगाउनु ?”
देशभर निर्वाचनको चहलपहल सुरु भएको अवस्थामा आफुहरुलाई बिहान बेलुका के खाने चिन्ता भएको पीडितको गुनासो छ । गगनदेव पासवानले “नेता फेरी भोट माग्न आउने होलान्, आफुहरुको दुःखमा कोही आएनन्, अब भोट किन दिनु लाग्न थालिसक्यो ।” उनीहरुलाई बर्षात्को समय आउन लागेकाले परिवारलाई कसरी जोगाउने भन्ने चिन्ता बढ्दै गएको छ ।

पालमुनि बसेर दैनिकी कटाउन मुस्किल परेको आगलागीपीडितको गुनासो छ । आगलागीबाट प्रदीप पासवान, रामवली पासवान, जवाहिर पासवान, शीतल पासवान, बिकाउ पासवान, जितन पासवान, रामविश्वास पासवान, गगनदेव पासवान, नन्दकिशोर पासवान, सरफलाल पासवान, राकेश साह, रामनाथ पासवान र मचिन्दर पासवानको घर पूर्णरूपमा जलेर नष्ट भएको धनकौल ५ का वडाध्यक्ष गजेन्द्र महतोले जानकारी दिनुभयो ।

अग्निपीडिका सामू दैनिक गुजारा चलाउनेदेखि पुनर्बासको ठूलो समस्या देखिएको र गाउँपालिकाले खाद्यान्न तथा त्रिपाल वितरण सहयोग गरिसकेकाले थप सहयोग गर्न नसकिने धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साहले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले आगलागीबाट घरबारविहीन भएका परिवारलाई प्रतिपरिवार २५ किलो चामल, दाल, चिउरा, तेल, ग्यास सिलिन्डर र चुलो तथा केही भाँडा सहयोग गरेको छ । “उनीहरूलाई तत्कालका लागि कम्बल र त्रिपालसमेत वितरण गरिसकेका छौँ” साहले भन्नुभयो । उहाँले घरखर्चवापत प्रति परिवार रु ५ हजारका दरले नगदसमेत दिएको बताउनुभयो ।

गाउँपालिकासँग विपद् व्यावस्थापन कोषमा धेरै रकम नभएकाले थप सहयोग गर्न असमर्थ रहेको साहले बताउनुभयो । आगलागी पीडितहरूको दीर्घकालीन व्यवस्थापनमा पालिका आफैँ लाग्नुपर्ने सर्लाहीका प्रमुख जिल्ला अधिकारी एवम विपद् व्यवस्थापन समितिका संयोजक थानेश्वर गौतमले बताउनुभयो । “जिल्लास्थित ब्यवस्थापन समितिसँग उनीहरूलाई घरबास व्यवस्थापन, सुरक्षित गर्ने योजना र बजेट हुँदैन, गाउँपालिका आफैँ सरकार हो, उसले ब्यवस्थापन गर्नुपर्छ” उहाँले भन्नुभयोे ।

उहाँका अनुसार अन्य दातृ संघ/संस्थासँगको सहयोगमा खाद्यान्न, लत्ताकपडासमेत वितरण गरिएको छ । बर्षातको समय सुरुहुन लागेकाले आगलागी पीडितलाई समयमै सुरक्षित आवासमा फर्काउन स्थानीय सरकारलेनै पहल गर्नुपर्ने प्रजिअ गौतमले बताउनुभयो ।