५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

प्रधानमन्त्रीज्यूले ‘एमालेलाई हराउन सकिँदैन’ भन्नुभएको कुरा साँचो हो: विष्णु पौडेल

प्रधानमन्त्रीज्यूले ‘एमालेलाई हराउन सकिँदैन’ भन्नुभएको कुरा साँचो हो: विष्णु पौडेल
फाईल फोटो
अ+ अ-

रुपन्देही । नेपाल कम्युष्टि पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका या आफ्नो पार्टीका पछिल्ला बैठकहरुमा एमालेलाई हराउन सकिँदैन भन्ने गर्नुभएको भन्दै उहाँले साँचो कुरा गर्नुभएको बताउनुभएको छ ।

नेकपा एमाले बुटवल उपमहानगरपालिका –१३ ले आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै उहाँले पछिल्ला आफ्ना बैठकहरुमा प्रधानमन्त्रीजीले गठबन्धन गर्नुपर्नाको कारणमा एमाले बलियो पार्टी भएको र उसलाई हराउन नसक्ने भएकाले गठबन्धन गर्नुपरेको बताउने गरेको जानकारी पनि दिनुभयो ।

पूर्व अर्थमन्त्री पौडेलले भन्नुभयो– प्रधानमन्त्रीजीमाथि माओवादीसँग किन गठबन्धन गरेको भनी अहिले आफ्नै पार्टीका कार्यकर्ताहरुको व्यापक प्रश्न छ, उहाँले त्यसको कारणमा अहिले एमाले बलियो पार्टी रहेको र उसलाई कांग्रेस एक्लैले हराउन नसक्ने भएकाले सत्तारुढ गठबन्धन चुनावमा जानु परेको बताउने गर्नुभएको छ, यो सही सत्य कुरा उहाँले गर्नुभएको छ ।

उपाध्यक्ष पौडेलले स्थानीय तह निर्वाचनमा एमाले नै पहिलो पार्टी हुने दाबी पनि गर्नुभयो । पार्टीप्रति समर्पित कार्यकर्ताले विकासका लागि सही जनप्रतिनिधी छनौट गरेकाले देशको पहिलो पार्टी कांग्रेस हुने उहाँको जिकीर थियो । उपाध्यक्ष पौडेलले यो ठाउँलाई विकासको उचाइमा पु¥याउन आफू लागेको र यस क्षेत्रमा एमाले नेतृत्वको सरकारले धेरै काम गरेको पनि बतउनुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल–बेलहिया सडक लगायत अन्य पूर्वाधार निर्माणको विकासले रुपन्देही विकासका लागि सिक्न आउने ठाउँ बनेको उहाँले उल्लेख गर्नुभयो ।

पूर्वअर्थमन्त्री पौडेलले रुपन्देहीको तिनाउ र दानव नदीमा दर्जनौं पुल बनेका कारण वारी र पारीको विभेद हटेको भन्दै उहाँले पूर्वाधार विकास, सामाजिक न्यायको कामलाई सँगसगै अगाडी बढाएको उल्लेख गर्नुभयो ।

बुटवल–गैडहवा सडक निर्माणसँगै दाउन्नेमा सुरुङ निर्माण तथा सिद्धबाबामा समेत सरकारकै लगानीमा सुरुङमार्ग निर्माणका लागि डिपिआर अध्ययन भइरहेको बताउँदै उहाँले केही समयमै बुटवल–पोखरा र बुटवल – गोरुसिङ्गेको काम शुरु हुने उहाँले बताउनुभयो । “बुटवल जितगढी स्थित तिनाउ पुलमा सिग्नेचर ब्रिज बन्दै छ, इन्जिनियरको सल्लाहमा काम हुन्छ ”, उहाँले भन्नुभयो ।

उपाध्यक्ष पौडेलले एमाले नेतृत्वको सरकारले देशका ७५३ वटै पालिकामा अस्पताल निर्माण गर्ने लक्ष्य राखेको स्मरण गर्दै सोही अनुसार नै १६५ अस्पतालको सिलान्यास गर्ने काम भएको बताउनुभयो ।
एमाले नेतृत्वको सरकारले नै सामाजिक सुरक्षा भत्ता शुरु गरेको स्मरण गर्दै पुर्वअर्थमन्त्री पौडेलले भन्नुभयो खानेपानी स्वच्छ भए नागरिक स्वस्थ हुन्छन् भन्ने मनसायले निशुल्क पानी उपलब्ध गराउने योजना एमाले नेतृत्वको सरकारले ल्याएको भए पनि अहिलेको सरकारले त्यसलाई निरन्तरता दिन नसकेको बताउनुभयो ।

“एमाले छ विकास छ, एमाले छैन विकास छैन । विकास र सामाजिक न्यायका लागि एमाले चाहिन्छ भन्ने जनताले राम्रोसँग बुझेका छन्”, उपाध्यक्ष पौडेलले भन्नुभयो । उपाध्यक्ष पौडेलले तिनाउ नदी करिडोर निर्माणका साथै सुकुम्बासी बस्तीमा लालपूर्जा वितरणको कामले छिट्टै पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो । “हामीले लालपूर्जा वितरणका लागि आयोग बनायौ, जग्गा नापजाँच गरेर प्रक्रिया पुरा गर्ने समयमा वर्तमान सरकारले आयोग खारेज गरिदियो तर अब एमाले नेतृत्वमा बन्ने सरकारले यो काम पूरा गर्छ ।” उपाध्यक्ष पौडेलले भन्नुभयो ।