१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीमाथि निर्वाचन आयोगको निगरानी



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले गृहमन्त्री बालकृष्ण खाँणमाथि निगरानी राखेको जनाएको छ । गृहमन्त्री खाँणले बागी दिएका उम्मेदबारहरुलाई फिर्ता गराउन देशका विभिन्न क्षेत्रमा हेलिकोप्टर चढेर जाने गरेका छन् । यसबाट आचार संहिता उल्लंघन भएको भन्दै निर्वाचन आयोगले सरकारी साधन स्रोतको उपयोग गरी उनले बढाएको सक्रियतामाथि आयोगले निगरानी राखेको जनाएको छ ।

आयोगका अधिकारीहरुले उनले दुई दिन अघि हेलिकोप्टर चढेर बागी उम्मेदबार फिर्ता गराउनका लागि चितवन गएको घटनालाई नोटिसमा लिएको जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा भन्दै उनी दुई दिन अघि चितवन पुगेका थिए ।

मुलुकमा स्थानीय निर्वाचनको प्रक्रिया नै सुरु भइसकेका बेला गृहमन्त्री खाँणले आफू प्रधानमन्त्रीको सन्देश लिएर चितवनका उम्मेदबार जगन्नाथ पौडेलको उम्मेदबारी फिर्ता गराउन चितवन पुगेको प्रचार नै गराएका थिए ।

चुनावका बेला सरकारले राज्यको साधन स्रोतको दुरुपयोग गरेर कतै पनि जान नहुने र कसैलाई राज्य सत्ताको प्रयोग गरी प्रभावमा पार्न नहुने निर्वाचन आचार संहिता छ ।

तर त्यसको हेक्का नगरी उनी अहिले चितवन र बुटवल गरिरहेका छन् । प्रमुख निर्वाचन आयुक्तले यस विषयमा अनुसन्धान गर्न आयोगको अनुगमन डेस्कका अधिकारीहरुलाई भनी सकेको समाचार स्रोतले बताएको छ । यसमा सरकारी प्रभाव परेन भने सम्भवत आज या भोलि नै आयोगले गृहमन्त्री खाणसँग स्पष्टिकरण लिन सक्छ ।