२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

महत्वपूर्ण कूटनीतिक फोरममा नगएर चुनाव प्रचारमा परराष्ट्रमन्त्री खड्का



अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का नेपालका लागि महत्वपूर्ण रही आएको एक कूटनीतिक फोरममा उपस्थित नभएर चुनाव प्रचारका लागि जिल्ला गएका छन् । उनी भारतको स्थापित चिन्तन संस्था अब्जर्भर रिसर्च फाउन्डेसन (ओआरएफ)द्वारा आयोजित रायसिना डायलग बहस शृंखलामा उपस्थित नभएका हुन् ।

वर्सेनि नेपालका परराष्ट्रमन्त्री उपस्थित हुने गरेको यो वार्षिक फोरममा अन्तिम समयमा आएर मन्त्री खड्का अनुपस्थित भएका हुन् । भूराजनीति र भूअर्थनीतिका समसामयिक क्षेत्रीय विषयमा सो फोरममा छलफल हुने गर्दछ । भारतीय विदेश मन्त्रालयको संलग्नतामा रायसिना डायलगमा बहस हुँदै आएको छ । यो क्षेत्रीय फोरम रहेकाले नेपालजस्ता देशका लागि निकै महत्वपूर्ण हुने गर्दछ ।

तर पनि यति महत्वपूर्ण सम्मेलनमा नगएर उनले स्थानीय निर्वाचनमा गृहजिल्ला उदयपुर जानुपर्ने बाध्यता देखाएर अन्तिम समयमा भ्रमण रद्द गरेका छन् । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले सहभागिता जनाएका छन् । जबकि त्यो फोरम कुनै आर्थिक नभएर नेपाल–भारत सम्बन्धका विभिन्न विषयमा विशेष सम्बोधन गर्ने गरी नेपालको विदेश मन्त्रीलाई नै निमन्त्रणा दिने गरिएको हुन्छ ।

नेपालको कूटनीतिक क्षेत्रका जानकारहरुले यो क्षेत्रको सबैभन्दा ठूलो कूटनीतिक जमघटमा परराष्ट्रमन्त्रीको अनुपस्थिति मुलुकको हितमा नभएको टिप्प्णी गरेका छन् । रायसिना डायलग सोमबारदेखि बुधबारसम्म नयाँदिल्लीमा आयोजना भएको थियो । कार्यक्रममा सहभागी हुन स्विडेनका पूर्वप्रधानमन्त्री कार्ल बिल्ड्ट, क्यानडाका पूर्वप्रधानमन्त्री स्टेफेन हार्पर, अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री एन्थोनी अब्बोटसहित नर्वे, पोर्चुगल, स्लोभानिया, अरमेनिया, लक्जेमबर्ग, लिथुवानियाका परराष्ट्रमन्त्री सहभागी थिए ।

आयोजकले नेपालका परराष्ट्रमन्त्रीको एकल छलफल कार्यक्रमको तयारी गरेको थियो भने भारतीय विदेशमन्त्री डा एस जयशंकरसँग परराष्ट्रमन्त्री खड्काको द्विपक्षीय वार्ताका लागि पनि पहल भइरहेको थियो । तर मन्त्री खड्का भने यता नभएर आफ्नो गृह जिल्ला उदयपुरतिर लागेका हुन् ।

एकजना वरिष्ठ कूटनीतिज्ञले भने– यो उहाँको ठूलो भूल हो र वर्तमान सरकारको कूटनीतिक बेवास्ता पनि हो । यो भारतले आयोजना गर्ने फोरम हो र नेपालको विदेश सम्बन्धमा नेपाल भारतको संवेदनशिलता त सबैलाई थाहै छ । यस्तो बेलामा भारतका विदेशमन्त्रीले आमन्त्रण गरेको फोरममै जान अस्वीकार गर्नु नेपालको कूटनीतिक हितमा छैन ।