५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

महत्वपूर्ण कूटनीतिक फोरममा नगएर चुनाव प्रचारमा परराष्ट्रमन्त्री खड्का

महत्वपूर्ण कूटनीतिक फोरममा नगएर चुनाव प्रचारमा परराष्ट्रमन्त्री खड्का
अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का नेपालका लागि महत्वपूर्ण रही आएको एक कूटनीतिक फोरममा उपस्थित नभएर चुनाव प्रचारका लागि जिल्ला गएका छन् । उनी भारतको स्थापित चिन्तन संस्था अब्जर्भर रिसर्च फाउन्डेसन (ओआरएफ)द्वारा आयोजित रायसिना डायलग बहस शृंखलामा उपस्थित नभएका हुन् ।

वर्सेनि नेपालका परराष्ट्रमन्त्री उपस्थित हुने गरेको यो वार्षिक फोरममा अन्तिम समयमा आएर मन्त्री खड्का अनुपस्थित भएका हुन् । भूराजनीति र भूअर्थनीतिका समसामयिक क्षेत्रीय विषयमा सो फोरममा छलफल हुने गर्दछ । भारतीय विदेश मन्त्रालयको संलग्नतामा रायसिना डायलगमा बहस हुँदै आएको छ । यो क्षेत्रीय फोरम रहेकाले नेपालजस्ता देशका लागि निकै महत्वपूर्ण हुने गर्दछ ।

तर पनि यति महत्वपूर्ण सम्मेलनमा नगएर उनले स्थानीय निर्वाचनमा गृहजिल्ला उदयपुर जानुपर्ने बाध्यता देखाएर अन्तिम समयमा भ्रमण रद्द गरेका छन् । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले सहभागिता जनाएका छन् । जबकि त्यो फोरम कुनै आर्थिक नभएर नेपाल–भारत सम्बन्धका विभिन्न विषयमा विशेष सम्बोधन गर्ने गरी नेपालको विदेश मन्त्रीलाई नै निमन्त्रणा दिने गरिएको हुन्छ ।

नेपालको कूटनीतिक क्षेत्रका जानकारहरुले यो क्षेत्रको सबैभन्दा ठूलो कूटनीतिक जमघटमा परराष्ट्रमन्त्रीको अनुपस्थिति मुलुकको हितमा नभएको टिप्प्णी गरेका छन् । रायसिना डायलग सोमबारदेखि बुधबारसम्म नयाँदिल्लीमा आयोजना भएको थियो । कार्यक्रममा सहभागी हुन स्विडेनका पूर्वप्रधानमन्त्री कार्ल बिल्ड्ट, क्यानडाका पूर्वप्रधानमन्त्री स्टेफेन हार्पर, अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री एन्थोनी अब्बोटसहित नर्वे, पोर्चुगल, स्लोभानिया, अरमेनिया, लक्जेमबर्ग, लिथुवानियाका परराष्ट्रमन्त्री सहभागी थिए ।

आयोजकले नेपालका परराष्ट्रमन्त्रीको एकल छलफल कार्यक्रमको तयारी गरेको थियो भने भारतीय विदेशमन्त्री डा एस जयशंकरसँग परराष्ट्रमन्त्री खड्काको द्विपक्षीय वार्ताका लागि पनि पहल भइरहेको थियो । तर मन्त्री खड्का भने यता नभएर आफ्नो गृह जिल्ला उदयपुरतिर लागेका हुन् ।

एकजना वरिष्ठ कूटनीतिज्ञले भने– यो उहाँको ठूलो भूल हो र वर्तमान सरकारको कूटनीतिक बेवास्ता पनि हो । यो भारतले आयोजना गर्ने फोरम हो र नेपालको विदेश सम्बन्धमा नेपाल भारतको संवेदनशिलता त सबैलाई थाहै छ । यस्तो बेलामा भारतका विदेशमन्त्रीले आमन्त्रण गरेको फोरममै जान अस्वीकार गर्नु नेपालको कूटनीतिक हितमा छैन ।