• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

‘एसइईमा परीक्षामा देखिएको समस्या समाधान हुन्छ’



चितवन । शिक्षा तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माध्यामिक शिक्षा परीक्षा (एसइई) मा देखिएका समस्या छलफलबाट समाधान गर्दै जाने बताउनुभएको छ । यहाँस्थित लक्ष्मी मावि लङ्कुमा सञ्चालित एसइई परीक्षा निरीक्षणपछि आज पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले एसइई परीक्षामा सामान्य केही समस्या देखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “केही प्रश्नपत्रहरुमा शिक्षकहरुको समेत गुनासो आएको छ । यसलाई हामी समीक्षा गर्छौं ।” देशैभर एसइई शान्त रुपमा भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीले राम्रै परिणाम ल्याउँछन् ।” कोभिडका कारणले परेको असरलाई शिक्षण तलमाथि नहुने गरी सम्पूर्ण प्रक्रिया अघि बढाएको उहाँको भनाइ थियो ।

अर्को प्रसङ्गमा बोल्दै उहाँले चितवनमा निर्माण हुने भनिएको शिक्षक अस्पतालको काम प्रभावकारी तवरले अघि बढेको बताउनुभयो । कानुनी प्रक्रिया, जग्गा प्राप्ति बजेटको सुनिश्चितता लगायतको काम भइसकेको उहाँको भनाइ थियो ।

फरक प्रसङ्गमा बोल्दै उहाँले गठबन्धनले निर्वाचनलाई प्रभावकारी रुपले अगाडि बढाउने बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै ठाउँमा मिलेको छ । नमिलेको ठाउँमा पनि आज, भोलि १६ गतेसम्म मिलाउने गरी तयारी भइरहेको छ ।” बागी उम्मेदवारी दिनु राम्रो संस्कृति नभएको भन्दै उहाँले जुनसुकै दलभित्र पनि बागी देखा पर्नु र बागीको नाममा बार्गेनिङ गर्नु चाहिँ दलीय प्रणाली निर्वाचन आयोग, लोकतान्त्रिक मूल्यमान्यता र नैतिकताभित्र पर्ने कुरा नभएको बताउनुभयो । बागी उम्मेदवारहरुलाई आफ्नो दलले तुरुन्त फिर्ता बोलाएर दलहरुको सहमतिका आधारमा तय भएका उम्मेदवारलाई मात्रै राख्नुपर्ने उहाँको भनाइ छ ।