४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

नेपालसँगै भारतमा पनि एकसाथ चल्दै ‘प्रेमगन्ज’

‘प्रेमगन्ज’ भारतमा पनि चल्ने

नेपालसँगै भारतमा पनि एकसाथ चल्दै ‘प्रेमगन्ज’
अ+ अ-

काठमाडौं । नेपाली चलचित्र ‘प्रेमगन्ज‘ भारतमा ले पनि प्रदर्शन हुने भएको छ । चलचित्र चौतारी र ड्रिम्स थिएटर मोशन पिक्चर बीच भएको सम्झौताअनुसार ‘प्रेमगन्ज’ पहिलो चरणमा भारतको कोलकत्ता, देहरादुन, आसाम, गुवाहटी, अरुणाचल, ब्याङ्लोर, मुम्बई, दिल्ली, दार्जिलिङ, सिक्किम लगाएतका सहरहरुका १०० भन्दा धेरै स्कृनमा एकसाथ प्रदर्शन हुने भएको छ ।

पहिलो चरणको प्रदर्शन सकारात्मक देखिएमा दोश्रो चरणमा भारतका अन्य ठूला सहरहरुमा पनि प्रदर्शन हुनेछ । प्रेमगन्ज नेपाल(भारत दुवै देशमा एउटै मिति भाद्र ३ अर्थात अगस्ट १९ मा एकैसाथ प्रदर्शन हुनेछ । लाखौं नेपाली र नेपालीभाषी बसोबास गर्ने भारतमा ‘प्रेमगन्ज’ चलचित्र नेपाली भाषामा नै प्रदर्शन हुन लागेको हो भने अङ्ग्रेजी सब टाइटल भने हुनेछ ।

प्रेमगन्जलाई ड्रिम्स थिएटर मोसन पिक्चरका संचालक म्याबो ह्यङ्गले अल ईन्डिया वितरण गर्न लागेका हुन् । फिल्म राम्रो बनेको र ईन्डियामा पनि नेपाली चलचित्रको बजारको सम्भावना ठूलो रहेको र यो चलचित्रले राम्रो कमाई गर्नेमा आफू विश्वस्थ रहेको म्याबो ह्यङ्गले बताए । नेपाली चलचित्रलाई भारतीय बजार सम्म लैजानका लागि कालिङपोङका कलाकार अनुज शर्मा र सिक्किमका कलाकार अमीर मेघीले सहजीकरण गरेका हुन ।

परिच्छेद सेनको निर्देशनमा बनेको यस चलचित्रमा तेज गिरी, बेनिशा हमाल, सम्पदा बानियाँ लगायतका कलाकारको अभिनय रहेको छ ।

यस्तै, फिल्ममा पबन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीको पनि अभिनय देख्न सकिन्छ ।

स्पट व्यायका रुपमा लामो समय काम गरेका राजु फुयालको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । यस चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । सञ्जय लामाको छायांकन रहेको चलचित्र डेढ करोडको लगानीमा बनेको हो ।

यस अघि निर्माण टिमले चलचित्रको टिजर सार्वजनिक गरेको थियो ।