४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै

सुदूरपश्चिममा पाँच वर्षमा एक लाख ९६ हजार ४७६ नयाँ मतदाता थपिए

सुदूरपश्चिममा पाँच वर्षमा एक लाख ९६ हजार ४७६ नयाँ मतदाता थपिए
अ+ अ-

सुदूरपश्चिम । आसन्न स्थानीय तहको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार १५० मतदाता कायम भएका छन् ।

विसं २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा यो प्रदेशका नौ जिल्लामा १४ लाख ३५ हजार ६७४ मतदाता रहेका थिए । विगत पाँच वर्षमा एक लाख ९६ हजार ४७६ मतदाता थपिएका हुन् ।

प्रदेश निर्वाचन कार्यालय कैलालीका अनुसार आसन्न स्थानीय तहको निर्वाचनका लागि सबैभन्दा बढी कैलालीमा कूल पाँच लाख २५ हजार १२५ मतदाता पुगेका छन् । तीमध्ये दुई लाख ५६ हजार १०४ पुरुष र दुई लाख ६९ हजार १० महिला रहेका छन् ।

सबैभन्दा कम बाजुरामा कूल ८२ हजार ६९० मतदाता छन् । तीमध्ये ४२ हजार १५१ पुरुष र ४० हजार ५३७ महिला रहेका छन् । त्यस्तै दार्चुलामा ४५ हजार १११ पुरुष र ४३ हजार १७४ महिला गरी कूल ८८ हजार २८५, बैतडीमा ७३ हजार ८८३ पुरुष र ७४ हजार ७२१ महिला गरी कूल एक लाख ४८ हजार ६०६, र डडेल्धुरामा ४४ हजार ६६४ पुरुष र ४५ हजार ४५५ महिला गरी कूल ९० हजार ११९ मतदाता रहेका छन् ।

यसैगरी कञ्चनपुरमा दुई लाख ९५ हजार ३५४ मतदाता छन् तीमध्ये एक लाख ४३ हजार २४१ पुरुष र एक लाख ५२ हजार ११२ महिला रहेका छन् । डोटीमा ५८ हजार २८२ पुरुष र ६५ हजार २७२ महिला गरी कूल एक लाख २३ हजार ५५४, अछाममा ७५ हजार ८३७ पुरुष र ८० हजार ४४१ महिला गरी कूल एक लाख ५६ हजार २८० र बझाङमा ६१ हजार ३८९ पुरुष र ६० हजार ७४८ महिला गरी कूल एक लाख २२ हजार १३७ मतादाता रहेको बताइएको छ ।

तेस्रो लिङ्गी मतदातामध्ये कैलालीमा ११ तथा अछाम, बाजुरा र बैतडीमा दुई÷दुई र कञ्चनपुरमा एकजना रहेको छ ।

मतदान स्थल र केन्द्र

आसन्न स्थानीय तहको निर्वाचन प्रयोजनका लागि प्रदेशको कैलालीमा २३६ मतदानस्थलमा ६१९ मतदान केन्द्र कायम गरिएको छ । यस्तै कञ्चनपुरमा १३२ मतदानस्थल र ३४१ मतदान केन्द्र, डडेल्धुरमा ८० मतदानस्थलमा १२६ मतदान केन्द्र र बैतडीका १२९ मतदानस्थलमा २०५ मतदान केन्द्र कायम गरिएको छ ।

दार्चुलामा कायम भएका ११० मतदानस्थलमा १३९ मतदान केन्द्र, डोटीका ११५ मतदानस्थलमा १७१ मतदान केन्द्र, बझाङका १३३ मतदानस्थलमा १८३ मतदान केन्द्र, अछामका १३० मतदानस्थलमा २०७ केन्द्र र सबैभन्दा कम मतदाता रहेको बाजुरामा कायम भएका ७० मतदानस्थलमा ११२ मतदान केन्द्रको व्यवस्था गरिएको छ । प्रदेशमा प्रतिनिधिसभाका १६, प्रदेशसभाका ३२ निर्वाचन क्षेत्र रहेका छन् । ८८ स्थानीय तह रहेको यो प्रदेशमा एक उपमहानगरपालिका (धनगढी), ३३ नगरपालिका र ५४ गाउँपालिका रहेका छन् । यी पालिकामा जम्मा ७३४ वडा छन् ।

जनसङ्ख्याको दृष्टिले तराईका जिल्ला कैलाली र कञ्चनपुर ठूला छन् । प्रतिनिधिसभाका लागि कैलालीमा पाँच र कञ्चनपुरमा तीन निर्वाचन क्षेत्र रहेका छन् । पहाडी जिल्ला अछाममा प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र र अन्य छ जिल्लामा एक-एक निर्वाचन क्षेत्र कायम छन् । हालैको जनगणनाको प्रारम्भिक तथ्याङ्क अनुसार यो प्रदेशको जनसङ्ख्या २७ लाख ११ हजार २७० पुगेको छ । विसं २०६८ को जनगणनाअनुसार यो प्रदेशको जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ रहेको थियो ।

स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा निर्वाचन कार्यालयले तयारीको काम तीब्र बनाएको छ ।